INSEC Online

समाचार

बाढीपीडित बस्तीमा छैन दसैँको रौनक

सुर्खेतका बाढीपीडितका शिविरमा दसैँको कुनै उल्लास छैन । विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरुको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको

कथित बोक्सोको आरोपमा बृद्धमाथि कुटपिट

ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय बृद्ध कुकुरा थारुलाई कथित बोक्सोको आरोपमा असोज ३१ गते राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित ६–७ जनाको समूहले मरणासन्न हुने

आँधीखोला बगरको कमाइले दसैँ मनाउँदै महिला मजदुर

दसैँ मनाउने आआफ्नो योजना बन्दै छन् । रोजगारीको लागि विदेशिएका कोही दसैँ मनाउन घर आइपुगेका छन् त कोही आउने क्रममा नै छन् । स्वदेशमै रोजगारीका लागि विभिन्न ठाँउमा पुगेकाहरू पनि

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक सन्तुलन नभएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–३ का ३६ वर्षीय देवबहादुर सार्कीलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज ३० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदेह नगरपालिका–८ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई असोज ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पैसाको प्रलोभनमा पारेर आरोपितले असोज २९ गते

तीन महिनामा तीन वर्षीयादेखि ७० वर्षीयासम्म २१ जना बलात्कृत

सप्तरीमा आर्थिक वर्ष २०७५/०७६ को तीन महिनाको अवधिमा तीन वर्षीयादेखि ७० वर्षीयासम्म गरी २१ जना बलात्कार तथा यौन दुर्व्यवहारबाट पीडित भएका छन् । तीन महिनाको अवधिमा सप्तरीमा बलात्कारबाट १३ जना

दसैँमा ग्रामीण क्षेत्रका खाद्य डिपोमा चामल नहुँदा समस्या

ग्रामीण क्षेत्रका खाद्य डिपोमा चामल नहुँदा स्थानीयलाई नेपालीको महान चाडपर्व दसैँमा समस्या भएको छ भने तिहारमा समेत समस्या हुने भएको छ । सिञ्जा गाउँपालिकाको धापा र तिला गाउँपालिकाको जुम्लाकोट डिपोमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ मुलपानी घर भई पोखरा महानगरपालिका ५–पस्र्याङ बस्ने ३५ वर्षीय अमृत पन्तलाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज

गुल्मीमा ९१ प्रतिशत भूकम्प पीडितले अझै अन्तिम किस्ता पाएनन्

भूकम्प गएको साढे तीन वर्ष पुगिसक्दा पनि गुल्मीमा नौ प्रतिशतले मात्रै अन्तिम किस्ता पाउन सकेका छन् । बाँकी ९१ प्रतिशत भूकम्प पीडितले अन्तिम किस्ता नपाउँदा समस्या परेको छ । ४

पर्वको बिदामा पनि मानव अधिकार आयोग खुल्ला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू आगामी दसैँ, तिहार तथा छठ बिदामा पनि खुल्ला हुने भएको छ । आयोगले असोज २९ गते जारी गरेको प्रेस विज्ञप्तिमा पर्वका

हसिया प्रहार गरेको आरोपमा पति गिरफ्तार

पञ्चेश्वर गाउँपालिका–४ बर्तोलाकी २७ वर्षीया ईन्द्रा चन्दलाई हसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका २८ वर्षीय पति सुरेन्द्र चन्दलाई असोज २९ गते गिरफ्तार गरेको छ । पारिवारीक विवाद हुँदा

सेती अञ्चल अस्पतालमा औषधि अभाव, बिरामी मर्कामा

सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा असोज २४ गतेदेखि औषधि अभाव हुँदा बिरामी मर्कामा परेका छन् । फार्मेसीमा औषधि अभाव हुँदा बिरामीहरू निजी मेडिकलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य भएका

भारतको एक होटलमा बन्धक आठ नेपाली महिलाको उद्धार

वैदेशिक रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको एक होटलमा बन्धक बनाइएका आठ जना नेपाली महिलाको उद्धार गरिएको छ । केआई नेपाल, दिल्ली महिला आयोग र दिल्ली प्रहरीको संयुक्त प्रयासमा आठ

बलात्कार घटनाका आरोपित १८ वर्षपछि गिरफ्तार   

एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इनरुवा नपा–६ मधेसाका ४० वर्षीय हिराबहादुर भट्टराई अठार वर्षपछि असोज २८ गते गिरफ्तारगरेको छ । पीडित महिलालाई आरोपितले ०५७ सालमा बलात्कार गरी फरार रहँदै

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा शिवराज नपा–१० लालपुरका ५१ वर्षीय जयफउल्ला गद्दी र २१ वर्षीय रहेमान गद्दीविरूद्ध पीडित पक्षले असोज २८ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकोछ

प्रदेश २ मा प्रदेश प्रहरी ऐन पारित

सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नल्याउँदै प्रदेश २ को सरकारले असोज २७ गते प्रदेश प्रहरी ऐन पारित गरेको छ । असोज २७ गतेको प्रदेश सभा बैठकले बहुमतका साथ प्रदेश प्रहरी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत एक प्रहरी जवानले आफ्नै सहकर्मी महिला प्रहरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बाँसगढी नगरपालिका–५ बर्दियाका २१ वर्षीय भरत वलीलाई गिरफ्तार गरिएको छ । गत असोज २०

बालकको अपहरणपछि हत्या, घटनाका आरोपित गिरफ्तार

सिम्रौनगढ नपा–३ का धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दीपक यादवलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय श्याम बैठा र १७ वर्षीय बालकलाई गिरफ्तार गरी

कारागारभित्र आमासँगै रहेका बालबालिका शिक्षाबाट वञ्चित

विराटनगर स्थित जिल्ला कारागार मोरङमा कैदीबन्दी जीवन बिताइरहेका आमासँग बसेका बालबालिका शिक्षा लिनबाट वञ्चित छन् । विद्यालय जाने उमेर भएपनि नजिकै विद्यालय नहुँदा र भएका विद्यालयमा पनि जाने वातावरण नभएका

सडेको अवस्थामा महिलाको शव फेला

मेलौली नगरपालिका–२ प्यानीस्थित झोलुङ्गे पुल नजिक सुर्नया नदीमा एक जना महिलाको शव फेला परेको छ । नदीमा दुई ढुङ्गाको बिचमा महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका