INSEC Online

📅 २०८३ जेष्ठ २१

पर्वको बिदामा पनि मानव अधिकार आयोग खुल्ला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू आगामी दसैँ, तिहार तथा छठ बिदामा पनि खुल्ला हुने भएको छ ।

आयोगले असोज २९ गते जारी गरेको प्रेस विज्ञप्तिमा पर्वका अवसरमा ११ बजे देखि २ बजेसम्म कार्यालय खुला रहने उल्लेख छ ।

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

अन्य

भिडियो