INSEC Online

📅 २०८३ जेष्ठ २१

भारतको एक होटलमा बन्धक आठ नेपाली महिलाको उद्धार

वैदेशिक रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको एक होटलमा बन्धक बनाइएका आठ जना नेपाली महिलाको उद्धार गरिएको छ ।

केआई नेपाल, दिल्ली महिला आयोग र दिल्ली प्रहरीको संयुक्त प्रयासमा आठ जना नेपाली महिलाको असोज २७ गते उद्धार गरिएको हो ।

१९ देखि ३७ वर्ष उमेर समूहका उक्त महिलालाई विभिन्न बहानामा कुवेत तथा इराकमा रोजगारीमा पठाइदिने प्रलोभनमा पारी दिल्ली लगिएको थियो ।

केहीलाई एक महिनादेखि र केही भर्खर नेपालका विभिन्न जिल्लाहरू हुँदै दिल्ली पुर्‍याई बन्धक बनाएर राखिएको थियो ।

यसरी बन्धक बनाइ राखिएको जानकारी केआई नेपाललाई सूचना प्राप्त भए पश्चात उद्धार प्रकृया अगाडि बढाइएको केआई नेपाल कृष्णनगरका संयोजक केशव विश्वकर्माले जानकारी दिएका छन् ।

ती महिलालाई आवश्यक कानुनी प्रकृया पूरा गरी परिवारमा पुनर्मिलन गराइने केआइ नेपालका प्रतिनिधि नवीन जोशीले जानकारी दिएका छन् ।

अन्य

भिडियो