INSEC Online

📅 २०८३ जेष्ठ २१

सडेको अवस्थामा महिलाको शव फेला

मेलौली नगरपालिका–२ प्यानीस्थित झोलुङ्गे पुल नजिक सुर्नया नदीमा एक जना महिलाको शव फेला परेको छ ।

नदीमा दुई ढुङ्गाको बिचमा महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले बताए ।

स्थानीय माछा मार्ने व्यक्तिले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार महिलाको शव कुहिएर पहिचान समेत गर्न नसकिने अवस्थामा रहेको छ ।

शव हत्या गरी फालिएको हो या आत्माहत्या हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अन्य

भिडियो