६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ मुलपानी घर भई पोखरा महानगरपालिका ५–पस्र्याङ बस्ने ३५ वर्षीय अमृत पन्तलाई असोज २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको वडा प्रहरी कार्यलय बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २९ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।