एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इनरुवा नपा–६ मधेसाका ४० वर्षीय हिराबहादुर भट्टराई अठार वर्षपछि असोज २८ गते गिरफ्तारगरेको छ ।
पीडित महिलालाई आरोपितले ०५७ सालमा बलात्कार गरी फरार रहँदै आएका भट्टराईलाई जिल्ला प्रहरी कार्यालय इनरुवाको टोलीले आरोपितलाई गिरफ्तार गरेको जनाइएको छ ।
भट्टराईलाई रामधुनी नगरपालिकाको झुम्का बजारबाट गिरफ्तार गरी ९ वर्ष ५ महिना १९ दिनको कैद भुक्तानका लागि क्षेत्रीय कारागार झुम्का पठाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालले जनाएको छ । सर्वोच्च अदालतले आरोपितविरूद्ध ०६७ सालमा नै कैदको फैसला गरेको थियो ।