INSEC Online

📅 २०८३ जेष्ठ २१

हसिया प्रहार गरेको आरोपमा पति गिरफ्तार

पञ्चेश्वर गाउँपालिका–४ बर्तोलाकी २७ वर्षीया ईन्द्रा चन्दलाई हसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका २८ वर्षीय पति सुरेन्द्र चन्दलाई असोज २९ गते गिरफ्तार गरेको छ ।

पारिवारीक विवाद हुँदा पत्नीको कम्मरमा हसिया प्रहार गरी घाइते बनाएको आरोपमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर कान्तिराज जोशीले बताए ।

घाइते ईन्द्राको उपचार स्थानीय सैलोडा स्वास्थ्य चौकीमा भइरहेको र आरोपितलाई हिरासतमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

अन्य

भिडियो