INSEC Online

📅 २०८३ असार १७

समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः मतदान सुरू

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा जेठ ६ गते बिहान बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी माविमा मतदान सुरु भएको छ । मतदान कार्यक्रम दिउँस ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले

राष्ट्रियसभा उपनिर्वाचनः कोभिड सङ्क्रमितलाई छुट्टै मतदानस्थल

बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुने उपनिर्वाचनमा कोभिड सङ्क्रमित मतदाताका लागि छुट्टै मतदानस्थलको व्यवस्था गरिएको छ । जेठ ६ गते हेटौँडाको भुटनदेवी माविमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य,

मौन अवधिमा मत मागेको भन्दै आयोगद्वारा ध्यानाकर्षण

निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । बागमती प्रदेशमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन मागसहित परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता पूण्यप्रसाद खतिवडाले दायर गर्नुभएको रिटमा जेठ ५ गते

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)

जेठ ५ गते ८ हजार ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ८० हजार ४ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ

हत्या घटनाका आरोपित देवरसहित परिवारका सदस्य गिरफ्तार

रङ्गेली नगरपालिका–३ तिलुवा चोककी २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय देवर विनोद यादवलाई जेठ ५ गते गिरफ्तार गरेको छ । अनितासँग जेठ ४ गते साँझ ६

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनी छिमेकी टोलकी ४५ वर्षीया पार्वती कार्कीलाई इँटा प्रहार गरी वैशाख ९ गते हत्या गरेको आरोपमा प्रहरीले ५६ वर्षीय पति हरिबहादुर कार्कीलाई जीतपुरसिमरा उपमहानगरपालिका–२ बाट जेठ ५ गते

भूकम्पले लमजुङका घरहरूमा क्षति, पाँच जना घाइते

बेसीशहर नगरपालिका –१० बाझाँखेत र मर्स्याङ्दी गाउँपालिका–८ को भुलभुलेलाई केन्द्रबिन्दु भइ जेठ ५ गते गएको भूकम्पले लमजुङमा क्षति बनाएको छ । बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ रेक्टर स्केलको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१० का २३ वर्षीय राज निरौलालाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको आरोपमा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभा रिक्त सदस्य पदको  निर्वाचनका लागि दाङमा जेठ ४ गते मनोनयन दर्ता गरिएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा

घाँटी काटिएको अवस्थामा दाजुभाइको शव फेला

कलैया उपमहानगरपालिका–७ रङ्गपुर टोलका अब्दुल गफारका छोराहरू नौ वर्षीय उशमान मियाँ र सात वर्षीय अमान मियाँको शव जेठ ४ गते बिहान सोही टोलमा रहेको मदरशा सल्फिया कन्जुल उलुममा घाँटी काटिएको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ४ गते)

जेठ ४ गते ८ हजार १ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १ गते चाँगुनारायण नगरपालिका–५ छालिङका ५५ वर्षीय भीमबहादुर वनलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको भन्दै

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खुका ३७ वर्षीय राजन तामाङलाई जेठ ३ गते बेलुका इर्खु बजारबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ४३ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये नौ प्रतिशत १९ वर्ष मुनीका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ

कोभिड नियन्त्रणसम्बन्धी कार्ययोजना सात दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सात दिनभित्र कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । जेठ ३ गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अक्सिजन,

स्वास्थ्यकर्मी अभावहुँदा सेवाग्राहीलाई समस्या

धौलागिरी अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरू समस्यामा परेका छन् । अस्पतालकै रेडियोलोजिष्टले प्राइभेट स्वास्थ्य संस्थाहरूमा पनि भिडियो एक्सरे गर्दै आएकाले उनी नहुँदा

आवश्यक जनशक्ति नहुँदा स्वास्थ्य उपकरण सञ्चालनमा आएनन्

कोभिड–१९ को सङ्क्रमण बढेर गएको अवस्थामा आवश्यक जनशक्ति उपलब्ध नहुँदा इलाम अस्पतालमा रहेका स्वास्थ्य उपकरण सञ्चालनमा आउन सकेका छैनन् । ५० बेड क्षमताको इलाम अस्पतालमा विशेषज्ञ डाक्टरहरूको अभाव भएपछि थप

जिल्ला अस्पतालमा शल्यक्रियाबाट गरिने प्रसूति सेवा बन्द

स्वास्थ्यकर्मीसँगको सम्झौता मिति वैशाख ३० गते समाप्त भएपछि जिल्ला अस्पतालबाट शल्यक्रियामार्फत प्रवाह हुने प्रसूति सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । अस्पताल प्रशासनले डा.राजन घिमिरेसँगको सम्झौता मिति वैशाख ३०

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३ गते)

जेठ ३ गते ९ हजार १ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ