INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनी छिमेकी टोलकी ४५ वर्षीया पार्वती कार्कीलाई इँटा प्रहार गरी वैशाख ९ गते हत्या गरेको आरोपमा प्रहरीले ५६ वर्षीय पति हरिबहादुर कार्कीलाई जीतपुरसिमरा उपमहानगरपालिका–२ बाट जेठ ५ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले प्रहरीमा घटनाबारेमा जानकारी गराएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनुभयो ।

शवको पोष्टमार्टम कलैया अस्पतालमा वैशाख ९ गते गरी सोही दिन परिवारले अन्तिम संस्कार गरेको थियो ।

अन्य

भिडियो