बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा जेठ ६ गते बिहान बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी माविमा मतदान सुरु भएको छ ।

मतदान कार्यक्रम दिउँस ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

मतदान केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जना गरी ३ सय ४७ जनाले मतदान गर्दै छन् ।

