रङ्गेली नगरपालिका–३ तिलुवा चोककी २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय देवर विनोद यादवलाई जेठ ५ गते गिरफ्तार गरेको छ ।
अनितासँग जेठ ४ गते साँझ ६ बजे भनाभन भएपछि राति ८ बजे घाँटीमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।
मृतकको घरबाट २ किलोमिटर टाढा रहेको नहरमा जेठ ५ गते शव फेला परेपछि प्रहरीले परिवारकै संलग्नतामा हत्या भएको आशङ्का गर्दै देवरसहित ४५ वर्षीय पति बेचन यादव, ५० वर्षीया सासू बिजुली यादव, ६५ वर्षीय ससुरा रामु यादवलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले मोरङ प्रतिनिधिलाई टेलिफोनमा बताउनुभयो ।
घटनको थप अनुसन्धान भइरहेको एसपी खड्काले बताउनुभयो । शवको पोष्टमार्टम कोशी अस्पताल विराटनगरमा जेठ ५ गते गरिएको छ ।