INSEC Online

📅 २०८३ असार १६

समाचार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका–२६ सुन्दरवस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या गरेको आरोपमा पति २५ वर्षीय साजन महतोलाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ । पीडित महिला आफ्नै घर छेउमा पुस ५

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ८ गते)

पुस ८ गते २ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २६ हजार ६ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

प्रहरीसँगको झडपमा दुई जना विद्यार्थी घाइते

लालबन्दी नगरपालिका–९ स्थित राजमार्ग रोडमा ट्रककको ठक्करबाट विद्यार्थीको मृत्यु भए पश्चात स्थानीय र विद्यार्थीद्वारा रिङ्गरोडमा गरिएको प्रदर्शनका क्रममा झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । पुस ५ गते

मानव अधिकार संस्कृतिको विकासकालागि सरकार र नागरिक समाजसँगै हुनु पर्नेमा जोड

मानव अधिकार संस्कृतिको विकासकालागि सरकार र नागरिक समाजसँगै हुनुपर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशले पुस ८ र ९ गते बुटवलमा आयोजना गरेको नागरिक समाजको

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रत्ननगर नगरपालिका–७ का २४ वर्षीय अक्षय भनिने राजेन्द्र महतोलाई १८ वर्ष कैद हुने फैसला गरेको छ । न्यायधीश सकुन्तला कार्कीको इजलासले पुस

कानुन निर्माण गर्दा नागरिक समाजसँग समन्वय गर्न प्रतिवद्ध छौँः मन्त्री जोशी

सुदूरपश्चिम प्रदेश सरकारले कानुन निर्माण गर्दा नागरिक समाजसँग समन्वय गर्न प्रतिवद्ध रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले बताउनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार समितिमा पुग्यो गङ्गामायाको मुद्दा

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही पक्ष माओादीले छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेको घटनाका आरोपितलाई कानुनी दायरमा ल्याउनु पर्ने माग राख्दै पटक/पटक अनशनमा बसेकी गङ्गामाया अधिकारीले नेपालमा न्याय नपाएको भन्दै संयुक्त

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश स्वीकृत

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ प्रतिनिधि सभाको पुस ७ गतेको बैठकले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको बैठकमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका‒१२ का ७० वर्षीय गणेश भनिने जयबहादुर खत्रीलाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ५ गते बलात्कार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ७ गते)

पुस ७ गते २ सय १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ५५ वर्षीय ससुरालाई प्रहरीले पुस ६ गते घरैबाट गिरफ्तार गरेको छ । पीडितलाई गत असार ३० गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै साउन

बलात्कार गरेको कसुरमा जन्मकैद फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर विकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पुस १ गते कसुरदार

चिसोको सास्ती, दिनभर आगो बालेर पढ्दै बालबालिका

मुगुम कार्मारोङ गाउँपालिका—३ ताखास्थित नेपाल राष्ट्रिय आवासिय विद्यालयका दुई सय ५० जना भन्दा बढी विद्यार्थीहरू आगो तापेर पढ्न बाध्य छन् । ०७६ सालमा स्थापना गरिएको उक्त विद्यालयमा दिनभरी घाम नलागेपछि

यौन दुर्व्यवहार कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले लिखु गाउँपालिका–४ का ६० वर्षीय कृष्ण पण्डितलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुँइटेलको

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले डडेल्धुरा जिल्ला दशरथचन्द नगरपलिका–५ का २१ वर्षीय रघुविर ठकुराठीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । पुस ६ गते जिल्ला अदालतका

विद्यालय पुनर्निर्मिण हुन नसकेपछि खोला किनारमा पढ्दै विद्यार्थी

पञ्चेश्वर गाउँपालिका–१ स्थित गडदेव आधारभूत विद्यालयको भवन पहिरोले भत्किएपछि विद्यार्थीहरु खोला किनारमा बसेर बढ्न बाध्य भएका छन् । ०७८ असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण आएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौवहिनी गाँउपालिका–२ का २१ वर्षीय प्रेमबहादुर बुढालाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पुस

छात्रावासमा शारीरिक यातना, घटनाका आरोपित गिरफ्तार

६ वर्षीय बालकलाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–२ घर भइ पोखरा –१४ बस्दै आएकी २७ वर्षीया जानुका नेपालीलाई पुस ६ गते गिरफ्तार गरेको छ । पोखरा

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाँउपालिका‒५ का ३१ वर्षीय डिल्लीराम विश्वकर्मालाई पुस ५ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश उत्तम सिलवालको इजलासले

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका‒३ सिभुवाकी २९ वर्षीया बिष्णुमाया राई (लिम्बू) को कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति दिपेन राईलाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस