INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ५५ वर्षीय ससुरालाई प्रहरीले पुस ६ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडितलाई गत असार ३० गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै साउन २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा बलात्कार प्रयासको उजुरी दिएकी थिइन् ।

प्रहरीले तत्काल उजुरी दर्ता नगरेपछि पीडितले सासू, ससुरा, पति र नन्दविरुद्ध असोज ४ गते जिल्ला अदालतमा घरेलु हिंसाको उजुरी दर्ता गरेकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते गरी ससुराविरुद्ध जिल्ला प्रहरी कार्यालयले बलात्कार प्रयासको उजुरी दर्ता गरेको थियो । सप्तरी जिल्ला अदालतले भने आरोपितविरुद्ध कात्तिक ३० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पीडितकी आमा सुनिता साहले जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा असार ३० गते घरेलु हिंसाको उजुरी दिएकी थिइन् । पीडितको असार ३१ गते घाउजाँच परीक्षण गरीएको थियो ।

पीडितले जिल्ला अदालतमा दिएको घरेलु हिंसासहित अंशवण्डा, मानाचामल र कुटपिटको तथा उनका पतिले दिएको सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको छ ।

सामाजिक परम्परा अनुसार ०७४ वैशाख ११ गते विवाहिता पीडितको साढे एक वर्षीय छोरा छन् । पीडित हाल सिरहा जिल्लास्थित माइतीघरमा बसेकी छिन् ।

अन्य

भिडियो