१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले डडेल्धुरा जिल्ला दशरथचन्द नगरपलिका–५ का २१ वर्षीय रघुविर ठकुराठीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
पुस ६ गते जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले १० वर्ष कैद सजाय र पीडितलाई ५० हजार रूपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितलाई २०७६ फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत २ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत २०७६ चैत ३ गते जिल्ला अदालतमा जवजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा २०७७ वैशाख २९ गते जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
यसैगरी १८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गौरीगंगा नगरपलिका–४ खुरखुरियाका २४ वर्षीय नरेश भट्टलाई ७ वर्ष कैद सजायको फैसला गरेको छ ।
पुस ६ गते जिल्ला अदालतका न्यायधीश खेमराज भट्टको इजलासले ७ वर्ष कैद सजाय फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितलाई २०७७ वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत २०७७ वैशाख २ गते जिल्ला अदालतमा जवजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा २०७७ वैशाख २९ गते जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
यसैगरी १३ वर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेको कसुरमा जिल्ला अदालतले गोदावरी नगरपलिका–२ का २८ वर्षीय मोहन थापालाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
पुस ६ गते जिल्ला अदालतका न्यायधीश खेमराज भट्टको इजलासले ७ वर्ष कैद सजाय र पीडितलाई ५ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितलाई २०७८ असार २९ गते यौनदुव्र्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत २०७८ असार ३१ गते जिल्ला अदालतमा यौनदुव्र्यवहार अन्तर्गत मुद्दा दर्ता गरेकोमा २०७८ साउन २० गते जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार ३० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।