INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका‒३ सिभुवाकी २९ वर्षीया बिष्णुमाया राई (लिम्बू) को कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति दिपेन राईलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ५ गते मादक पदार्थ सेवन गरी कुटपिट गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुभेष अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटना लगत्तै आरोपित घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा पुस ६ गते गरिएको छ ।

अन्य

भिडियो