INSEC Online

समाचार

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० पुस ८ गते बरहथवा नगरपालिका–५ का ३० वर्षीय दिपेन्द्र कुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।

पत्नी हत्या घटनाका फरार आरोपित गिरफ्तार

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भएकी तर जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको हत्या घटनाका आरोपित उनका पति मोतीबाबु साहलाई ०८० पुस ९ गते जनकपुरधामको सीताचोक स्थित

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका-६, तीनपिप्लेस्थित जोरपाटी माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र सोही विद्यालयका शिक्षक माच्छेनारायण श्रेष्ठलाई प्रहरीले ०८० पुस ८ गते गिरफ्तार गरेको छ ।

समाचारको प्रभावः दाम्लोमा बाँधेर राखिएका तीन जनाको उद्धार

दाम्लोले बाँधेर राखिएका अपाङ्गता भएका तीन जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रम, काठमाडौँले उहाँहरूको उद्धार गरेको हो । इन्सेक अनलाइनमा पुस ५ गते ‘दाम्लोले बाँधेर राखिँदै छ धादिङका

निर्माणाधिन प्रसूति सेवा केन्द्रको भवन घाँस र पराल राख्न प्रयोग, सञ्चालन नहुँदा सेवाग्राहीलाई सास्ती

केदारस्यु गाउँपालिका–१ रायलमा निर्माणाधिन अवस्थामा रहेको प्रसूति सेवा केन्द्रको भवनलाई एक स्थानीयले घाँस र पराल राख्ने गोठका रुपमा प्रयोग गर्दै आउनु भएको छ । भवन निमार्णको कार्य अलपत्र परेपछि स्थानीयले

छबिसपाथिभेरा गाउँपालिकाको कुम्डाबस्तीमा पिउने पानीको अभाव, स्थानीयलाई सास्ती

छबिसपाथिभेरा गाउँपालिका–३ कुम्डाबस्तीमा पिउने पानीको अभाव भएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । ३६ घरधुरी भएको कुम्डाबस्तीका नागरिकले वर्षौदेखि पिउने पानीको चरम समस्या झेलिरहेका छन् । पाईपबाट मात्रै

पालन पोषण र उचित स्याहारको अभावमा कुपोषित बालबालिका अझै भेटिदै !

आर्थिक अभावका कारण विहानबेलुकी समेत छाँक टार्न समस्या भएका परिवार तथा स्वास्थ्यसम्बन्धी ज्ञानको अभावमा जिल्लामा यो वर्ष पनि कुपोषणमा सुधार हुन नसकेको पाइएको छ । चालू आर्थिक वर्षमा बालबालिकाहरुको स्वास्थ्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोथार– ३ बस्ने ६२ वर्षीय उदिमजंग गुरुङलाई प्रहरीले ०८० पुस ६ गते गिरफ्तार गरेको छ । पीडित १४ वर्षीया बालिकालाई भदौ २४

पत्रकारमाथि हातपात घटनाका आराेपितविरुद्ध प्रहरीमा उजुरी

सिमकोट गाउँपालिका–७ डाँडाफया घर भइ रेडियो कैलाशमा कार्यरत २५ वर्षीय ओवराज शाहीलाई सोही गाउँपालिका–३ बरगाउँका ३० वर्षीय निमा लामाले हातपात गरेको आरोपमा पीडित पक्षले आराेपितविरुद्ध पुस ९ गते जिल्ला प्रहरी

इन्सेक अनलाइनको समाचार प्रभाव, जिल्लामा खाद्यन्न ढुवानी सुरू

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभावले जिल्लामा खाद्यान्न ढुवानी कार्य सुरू भएको छ । गत मङ्सिर २५ गते इन्सेक अनलाइनमा समयमा ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव भन्ने शिर्षकमा समचार

न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साविक राम्चे गाविस-५ हाल बाह्रबिसे नगरपालिका-५ की शर्मिला तमाङले सशस्त्र द्वन्द्वको समयमा चौतारा जेलबाट बेपत्ता बनाएको आफ्नो भाइ दुर्गाबहादुर तामाङको अवस्था सार्वजनिक गरी न्यायका लागि पहल गरिदिन ०८० पुस ८

स्थानीय न्यायिक समिति प्रभावकारी नहुँदा प्रहरीमा उजुरी सङ्ख्या बढ्दो !

स्थानीय न्यायिक समितिको काम कारबाही र न्यायसम्पादन कार्य प्रभावकारी हुन नसकेपछि स्थानीय पीडितहरु जिल्ला प्रहरी कार्यालयमा नै गएर उजुरी दिनेगरेको पाइएको छ । नौगाड गाउँपालिका–६ का २७ वर्षीया रेजिना ठगुन्नालाई

राहत, परिपूरण तथा पुनर्स्थापनामा सरकारले उपेक्षा गरेको द्वन्द्वपीडितहरुको गुनासो

राहत, परिपूरण तथा पुनर्स्थापनामा सरकारले उपेक्षा गर्दा आफूहरुले न्यायको अनुभू ितगर्न नसकेको जिल्लास्थित द्वन्द्वपीडितले गुनासो गर्नुभएको छ । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका र मारिएका व्यक्तिका परिवारले राज्यबाट घोषणा भएका राहत,

तलब पाउनबाट वञ्चित हुनपरेको बालविकास शिक्षक र कर्मचारीहरुकाे गुनासाे

गन्यापधुरा गाउँपालिका क्षेत्रका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले गाउँपालिकाबाट पाउनु पर्ने १४ महिनाको तलब पाउन नसकेको गुनासो गर्नुभएको छ । संघीय सरकारले १० हजार र स्थानीय सरकारले

जातीय विभेद गरेको आरोपमा दुई जना गिरफ्तार

सोरु गाउँपालिका –९ खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा बिश्वकर्मालाई पुस २ गते जातीय छुवाछूत गरेको घटनाका आरोपमा प्रहरीले  सोरु गाउँपालिका–९ कि ५२ वर्षीया झाँपु शाही र सोही गाउँपालिका –६

यौन दुर्व्यवहार घटनाका फरार आरोपित पुन: गिरफ्तार

सरकारी वकिल कार्यालय अगाडिबाट फरार भएका यौन दुर्व्यवहार घटनाका आरोपित लहान नगरपालिका–२१ का ३५ वर्षीय छोटु सदालाई इलाका प्रहरी कार्यालय लहानले ०८० पुस ७ गते पुन: गिरफ्तार गरेको छ ।

अझै निर्माण हुन सकेको छैन पैरेको एकीकृत बस्ती

नेपाल सरकारले भूकम्पपछि जोखिम बस्तीमा परेका विस्थापितहरूको एकीकृत बस्तीमा लैजाने भने पनि प्रक्रिया नै सुरु हुन नसक्दा उत्तरगया गाउँपालिकामा अझै सुरक्षित आवास निर्माण हुन सकेको छैन । ०७२ सालको विनाशकारी

याैन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा

४२ वर्षीया महिलालाई हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका ६७ वर्षीय रामकिसुन मण्डलले यौन दुर्व्यवहार गरेको मुद्दा ०८० पुस ५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । सप्तरी जिल्ला अदालतमा ०८० असार

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० पुस ५ गते कौडेना गाउँपालिका–७ सक्रौलका २८ वर्षीय दिपेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित सरकारी वकिल कार्यालय अगाडिबाट फरार

म्याद थपको लागि जिल्ला सरकारी वकिल कार्यालय ल्याइएका यौन दुर्व्यवहार घटनाका आरोपित लहान नगरपालिका–२१ का ३५ वर्षीय छोटु सदा ०८० पुस ६ गते फरार भएका छन् । आरोपितले १३ वर्षीया