३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० पुस ८ गते बरहथवा नगरपालिका–५ का ३० वर्षीय दिपेन्द्र कुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई पुस २ गते पीडितकै घरमा कुटपिट गर्नुका साथै बलात्कार प्रयास समेत गरेको पीडितले बताउनु भयाे ।
घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित महतो फरार रहेकोले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बरहथवाका ईन्स्पेक्टर चन्देश्वर यादवले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।