४२ वर्षीया महिलालाई हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका ६७ वर्षीय रामकिसुन मण्डलले यौन दुर्व्यवहार गरेको मुद्दा ०८० पुस ५ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
सप्तरी जिल्ला अदालतमा ०८० असार १८ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश नविनकुमार जोशीको इजलासबाट मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतले जनाएको छ ।
आरोपितले ०७८ असार ९ गते विहान यौन दुर्व्यवहार गरेको भन्दै पीडितले ०७८ असार १८ गते जिल्ला अदालतमा उजुरी दिनुभएको थियो । घर नजिकै पश्चिमी कोशी नहरको डिलमा गाइवस्तु चराउन गएको मौका पारी आरोपितले याैन दुर्व्यवहार गरेकाे पीडितले बताउनु भयो । पीडितका अनुसार होहल्ला गरी गुहार माग्दा छोराहरु आएपछि आरोपित फरार भएका थिए । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।