INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० पुस ५ गते कौडेना गाउँपालिका–७ सक्रौलका २८ वर्षीय दिपेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई पुस २ गते पीडितकै घरमा कुटपिट गर्नुका साथै बलात्कार प्रयास समेत गरेको पीडितको आरोप रहेको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

घटना पश्चात उजुरी दिएकाे थाहा पाए लगत्तै आरोपित यादव फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

अन्य

भिडियो