INSEC Online

📅 २०८३ श्रावण ९

समाचार

बालविवाह घटनाका आरोपित गिरफ्तार

सियारी गाउँपालिका-३, लक्ष्मीपुरकी १७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा कोटहीमाई गाउँपालिका–७, कटैयाका २३ वर्षीय अशोक यादव र विवाह गराइदिने लमी सोही ठाउँका ४० वर्षीय उदिप यादवलाई प्रहरीले ०८१ साउन ९

राहत र पुनर्स्थापनाको पर्खाइमा बाढीपीडितहरु

सुदूरपश्चिम प्रदेशमा ०८१ असार तेस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका पीडितहरु राहत र पुनर्स्थापनाको पर्खाइमा रहेका छन् । बाढीपीडित भएर विस्थापित भएको दुई साता बितिसक्दा पनि

अविरल वर्षाका कारण घर भत्किएपछि पाँच बालबालिका सहित आठ जना घाइते

अविरल बर्षाका कारण जाजरकोटमा घर भत्किएपछि एकै घरका आठ जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१२ काँडागाँउका भूकम्प प्रभावित पदम अधिकारीको घर भत्किएको हो । अविरल वर्षाले साउन ९ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—४ का २८ वर्षीय रविन्द्र श्रेष्ठलाई साउन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले प्रलोभनमा पारी यौन दुर्व्यवहार गर्ने

रकम नआउँदा पहिरो पीडितको घर निर्माण अलपत्र

सिलिचोङ गाउँपालिका-१ बेसिन्दामा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र भएको छ । सिलिचोङ-१ बेसिन्दाका ९७ घर परिवार ०७७ असार २८ गते राति आएको पहिराले  विस्थापित भएका थिए ।  पहिरोबाट

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

तीन वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा गैडहवा गाउँपालिका–३, सगरहवाका १९ वर्षीय छोटु भन्ने रामवली चमार विरुद्ध इलाका प्रहरी कार्यालय, लुम्बिनीमा ०८१ साउन १० गते उजुरी दर्ता भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–७, वनगाईका २१ वर्षीय ओम प्रकाश चौधरीलाई प्रहरीले ०८१ साउन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–७, बनरहवाका २० वर्षीय अजिमुल्लाह मुसलमानलाई प्रहरीले ०८१ साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ४ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वाणगङ्गा नगरपालिका–९ का १९ वर्षीय कपिल गुरुङ, सोही ठाउँका २२ वर्षीय सरोज पोखरेल र १७ वर्षीय बालकलाई प्रहरीले ०८१ साउन ९ गते गिरफ्तार गरेको

पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु

गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा ०८१ साउन १० गते पहिरोले घर पुरिदा एकै परिवारका तीन जना बालिकाको मृत्यु भएको छ । साँझ वर्षासँगै आएको पहिरोले स्थानीय विमान तामाङको घर पुरिदा विमानकी छोरी

सरकारी वकिलको कार्यालय पीडित पक्षद्वारा घेराऊ

विराटनगर महानगरपालिका-४ इक्राहीकी ३८ वर्षीया जानकी मण्डलको हत्या घटनामा मुद्दा दर्ता गर्न माग गर्दै पीडित पक्षले जिल्ला सरकारी वकिलको कार्यालय घेराउ गरेको  गरेको छ । मुद्दा दर्ताको माग गर्दै पीडित

बहुप्राविधिक शिक्षालयका प्रशिक्षकमाथि दुर्व्यवहार

पालुङटार नगरपालिका–४ को बहुप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटमाथि हातपात र दुर्व्यवहार भएको छ । प्रयोगात्मक परीक्षामा न्यून अङ्क दिएको भन्दै ०८१ साउन १० गते नेपाल विद्यार्थी सङ्घ निकट विद्यार्थीहरूले दुव्र्यवहार

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-५ का १४ वर्षीय बालकलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ साउन १० गते बलात्कार गरेको आरोपमा

पहिरोले एक महिनादेखि सडक अवरुद्ध हुँदा उपभोग्य सामग्रीको अभाव

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम म्याग्दी हुँदै बागलुङको ढोरपाटन, जलजला तथा रुकुम जोड्ने बेनी–दरवाङ सडकले पनि पटकपटक सास्ती दिएको छ । पछिल्लो समय बेनी–दरवाङ सडक बिचमा केही

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई धम्की

जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवम् प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठनले भौतिक कारबाहीको धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ । नेपाल पत्रकार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-३ का २३ वर्षीय कृष्ण सदाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ साउन ६ गते उजुरी दिनुभएको छ । आरोपितले बालिकालाई ०८०

अविरल वर्षाका कारण सामाजिक सुरक्षा भत्ता बुझ्न जान ज्येष्ठ नागरिकहरूलाई सास्ती

जिल्लाको सुनछहरी गाउँपालिकामा अविरल वर्षाका कारण सामाजिक सुरक्षा भत्ता बुझ्न जान ज्येष्ठ नागरिकहरूलाई सास्ती भएको छ । सुनछहरी गाउँपालिकाले साउन ६ गतेदेखि १५ गतेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सूचना

जिल्ला अस्पतालमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढे

जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेपछि वेडको अभाव भएको अस्पताल प्रशासनले जनाएको छ । ज्वरो र डेङ्गीका बिरामीको चाप

मजदुर श्रमिकको ज्याला एक सय रुपियाँ बढ्यो ; न्यूनतम १ हजार १ सय रुपियाँ पाउने

नयाँ आर्थिक वर्ष सुरू भएसँगै जिल्लामा जिल्ला दररेट निर्धारण समितिले मजदुरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले बजार महङ्गी बढ्दै गएपछि दैनिक ज्याला मजदुरी गर्नेको पारिश्रमिक

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

रोल्पा नगरपालिका–१, पानाकी ८५ वर्षीया पवित्रा घलेको हत्या प्रयास गरेको आरोपमा छोरा ४६ वर्षीय खामबहादुर घलेलाई प्रहरीले ०८१ साउन ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ९ गते