रोल्पा नगरपालिका–१, पानाकी ८५ वर्षीया पवित्रा घलेको हत्या प्रयास गरेको आरोपमा छोरा ४६ वर्षीय खामबहादुर घलेलाई प्रहरीले ०८१ साउन ९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन ९ गते घरमा सामान्य विवाद हुँदा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशवराज बराकोटीले जानकारी दिनुभयो । घाइते घलेको निधारदेखि ओठसम्म चोट लागेको छ ।
पीडित महिलाको स्वास्थ्य उपचार जिल्ला अस्पताल, रेउघामा भइरहेको छ ।