६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-५ का १४ वर्षीय बालकलाई साउन १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ साउन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर प्रहृलाद खड्काले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १० गते गरिएको छ ।