सियारी गाउँपालिका-३, लक्ष्मीपुरकी १७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा कोटहीमाई गाउँपालिका–७, कटैयाका २३ वर्षीय अशोक यादव र विवाह गराइदिने लमी सोही ठाउँका ४० वर्षीय उदिप यादवलाई प्रहरीले ०८१ साउन ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ललाई फकाई विवाह गरेको भन्दै पीडित बालिकाको ४० वर्षीय बुबाले साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई भैरहवास्थित सुरक्षित आवास गृहमा राखिएको डिएसपी भट्टले बताउनु भयो ।