१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–७, वनगाईका २१ वर्षीय ओम प्रकाश चौधरीलाई प्रहरीले ०८१ साउन ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्सपेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते भिम अस्पताल, भैरहवामा भयो ।