२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–७, बनरहवाका २० वर्षीय अजिमुल्लाह मुसलमानलाई प्रहरीले ०८१ साउन १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १० गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते भिम अस्पताल, भैरहवामा भयो ।