INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

एक महिनादेखि जापानीज इन्सेफलाईटिस खोप अभाव भएपछि सेवाग्राही मर्कामा

बाग्लुङमा जापानीज इन्सेफलाईटिस(जेइ) खोपको अभाव भएको छ । बालबालिकालाई लगाइँदै आएको जेइ खोप एक महिनादेखि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । पुरानो भण्डारण सकिएपछि अहिले बाग्लुङका सबैजसो अस्पतालमा जेइ

निर्वाचन आचारसंहिताको पालना गर्न निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह दाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित निगरानी समूहको जेठ २९ गते घोराहीमा

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वरा जेठ २९ गते नवपरासीको जिल्ला सदरमुकाम परासीमा मानव अधिकार र निर्वाचन विषयक अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रको मेरूदण्ड

नेकाबाट नवनिर्वाचित वडाध्यक्षद्वारा एमाले नेतालाई ज्यान मार्ने धम्की

वीरेन्द्रनगर नपा- १६ का ५३ वर्षीय नेकपा एमाले जिल्ला कमिटीका बैकल्पिक सदस्य कालीप्रसाद आचार्यलाई सोही वडामा नेपाली काङ्ग्रेसबाट नवनिर्वाचित वडाध्यक्ष ४२ वर्षीय पुर्णबहादुर ढकालले जेठ २८ गते राति मार्ने धम्की

राजपाद्वारा दोश्रो चरणको स्थानीय तह चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

संविधान संशोधनको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा कार्यकर्ताहरूले तराई/मधेसका महोत्तरी, धनुषा र सर्लाहीलगायतका जिल्लाहरूमा जेठ २९ गते साँझ मसाल जुलुस प्रदर्शन गरेको इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँले

महोत्तरीमा एक युवतीमाथि सामूहिक बलात्कार

औरही गाउँपालिका-२ फुलबरीया टोलमा जेठ २८ गते राति एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले दिएको जानकारी अनुसार औरही बजारबाट फुलबरीया

निर्वाचन आचारसंहिता उल्लङ्घन

गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका राससले जनाएको छ । नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) सहित पार्टीका कार्यकर्ता र उम्मेदवारले

आयोगद्वारा मानव अधिकार प्राथमिकताका सवालहरू निर्धारण

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा बाँके जिल्लाको मानव अधिकार प्राथमिकताका सवाल निर्धारणसम्बन्धी छलफल कार्यक्रम जेठ २९ गते  नेपालगञ्जमा सम्पन्न भएको छ । आयोगले आगामी दिनमा मानव अधिकारका

राजपाका कार्यकर्ताद्वारा मतदान अधिकृतको तालिममा अवरोध 

स्थानीय तहको दोस्रो चरणको चुनावको लागि जिल्ला निर्वाचन कार्यालयले कलैयामा जेठ २९ गते आयोजना गरेको मतदान अधिकृतको तालिममा अवरोध पुर्‍याउन खोजेपछि राजपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । कलैयास्थित

चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

जिल्ला स्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयको संयोजनमा

बलात्कार गरेको ठहर गर्दै २३ वर्षजेल सजायको फैसला

११ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएका ३२ वर्षीय बावुलाई भक्तपुर जिल्ला अदालतले जेठ २८ गते २३ वर्षजेल र ३ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

संवैधानिक कार्यादेशलाई सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको राजविराजमा जेठ २८ गते निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको सहभागितामा हुन लागेको कार्यक्रम बिथोल्ने गरी भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘आफ्ना

‘लोकतन्त्रमा निर्वाचन अपरिहार्य’-पूर्व आयुक्त प्याकुरेल

लोकतन्त्रमा निर्वाचन अपरिहार्य हुने भएकाले निर्वाचन सफल बनाउनु सबैको दायित्व हुने राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले बताएका छन् । पूर्व आयुक्त समाजः राष्ट्रिय

कुटपिट गरेको आरोपमा काङ्ग्रेसका जिल्ला सचिव गिरफ्तार

सिमकोट गाउँपालिका-२ निवासी जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् मानसरोवर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक ३२ वर्षीय दिपक भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली काङ्ग्रेस जिल्ला कार्यालय सचिव ३८ वर्षीय मानदेव

बालबालिकालाई राजनीतिक गतिविधिमा सहभागी नगराउने राजनीतिक दलको प्रतिबद्धता

जिल्ला स्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले बालबालिकाहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा र स्थानीय तहको निर्वाचनमा प्रयोग नगर्ने र नगराउने सामूहिक प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति र नागरिक

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अधिकारकर्मीको ध्यानाकर्षण

आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नका लागि मोरङका राजनीतिक दलहरूलाई अधिकारकर्मीहरूले ध्यानाकर्षण गराएका छन् । विभिन्न पार्टीका कार्यालयमै गएर जेठ २९ गते अधिकारकर्मीहरूले निर्वाचनका सन्दर्भमा र निर्वाचनका कारण बालबालिकामा

अदालतमा तारेख बुझाउन गएकी महिलालाई कुटपिट

छाँयानाथ रारा नपा-७ की २८ वर्षीया चुनमती शाही जिल्ला अदालत मुगुमा बहुविवाहको तारेख बुझाउन जाँदै गरेको अवस्थामा जेठ २८ गते २३ वर्षीया सौता उब्जीता सिंहले कुटपिट गरेको पीडितले आरोप लगाइन्

पत्नी हत्याका आरोपित गिरफ्तार

पत्नी हत्याका आरोपित सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेश शाह जेठ २९ गते गिरफ्तार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीका अनुसार ६५ वर्षीया लक्ष्मी शाहलाई

द्वन्द्वकालमा क्षति भएका संरचनाहरू तत्काल पुनर्निर्माण हुनु पर्ने माग

द्वन्द्वकालीन समयमा डडेल्धुरा जिल्लामा क्षति पुर्‍याइएका सरकारी संरचनाहरूको तत्काल पुनर्निर्माण गरिनु पर्ने जिल्लास्थित सेवाग्रहीहरूले माग गर्दै आएको भए पनि हालसम्म ती संरचनाहरू पुनर्निर्माण हुन सकेका छैनन् । कार्यालय सञ्चालनका लागि

विश्व बालश्रम दिवसको अवसरमा प्रभातफेरि

१६ औँ विश्व बालश्रम दिवसको अवसरमा जेठ २९ गते काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको राससले जनाएको छ । श्रम विभागको नेतृत्वमा आयोजित सो प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै