INSEC Online

📅 २०८३ जेष्ठ २१

संवैधानिक कार्यादेशलाई सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको राजविराजमा जेठ २८ गते निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको सहभागितामा हुन लागेको कार्यक्रम बिथोल्ने गरी भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘आफ्ना विचारहरू राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एक स्वतन्त्र संवैधानिक निकायका प्रमुखलाई कालो झण्डा देखाउने तथा निर्धारित कार्यक्रम बिथोल्ने जस्ता कार्यबाट पारस्परिक सद्भाव, लोकतन्त्रको अभ्यास र मानव अधिकारको सुनिश्चिततामा बल पुग्ने देखिँदैन । कुनै पनि संवैधानिक निकायलाई संवैधानिक कार्यादेश अनुसार स्वतन्त्र र निष्पक्ष रूपमा कार्य गर्न दिने वातावरणको सिर्जना गर्नु सम्बन्धित सबै पक्षको कर्तव्य हुन आउँदछ ।’-आयोगद्वारा जेठ २९ गते जारी प्रतिवेदनमा उल्लेख छ ।

विज्ञप्तिमार्फत लोकतन्त्र र मानव अधिकारको जग निर्वाचन नै भएको हुँदा निर्वाचनको वातावरण वनाउन तथा निर्वाचन विरोधी क्रियाकलाप नगर्न, नगराउन आयोगले सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

आफ्ना फरक अभिमतलाई संविधान र कानुनसम्मत ढङ्गबाट अभिव्यक्त गर्न तथा फरक मतको सम्मान गर्नुमा नै मावन अधिकारको मर्म अन्तर्निहित रहने भएको जनाउँदै आयोगले वार्ता र सम्वादको ढोका खुल्ला राख्न समेत सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

अन्य

भिडियो