INSEC Online

📅 २०८३ जेष्ठ २१

महोत्तरीमा एक युवतीमाथि सामूहिक बलात्कार

औरही गाउँपालिका-२ फुलबरीया टोलमा जेठ २८ गते राति एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले दिएको जानकारी अनुसार औरही बजारबाट फुलबरीया गइरहेकी युवतीलाई बजार भन्दा एक किलोमिटर टाढा बाटो छेऊमा चार जना युवाहरूले सामूहिक बलात्कार गरेका हुन् ।

बलात्कार गर्ने क्रममा युवतीले धेरै बेरसम्म रोएर चिच्याएपछि केही व्यक्तिहरूले सुनेर घटनास्थल पुग्दा चार जना मध्ये तीन जना भागेको र एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।

डिएसपी पोखरेलका अनुसार पीडित युवतीको उपचार तथा स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा सोही दिन राति गरिएको छ ।

पीडित युवतीलाई बलात्कारको आरोपमा औरही गाउँपालिका-२ का २६ वर्षीय सुनिल साहलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पीडितले जेठ २९ गते दिएको जाहेरीको आधार आरोपितविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान तथा कारबाही प्रकृया अगाडि बढाइएको र घटनामा संलग्न तीन जना हाल फरार रहेकोमा तदारुकताका साथ खोजतलास भइरहेको डिएसपी पोखरेलले बताए ।

अन्य

भिडियो