द्वन्द्वकालीन समयमा डडेल्धुरा जिल्लामा क्षति पुर्याइएका सरकारी संरचनाहरूको तत्काल पुनर्निर्माण गरिनु पर्ने जिल्लास्थित सेवाग्रहीहरूले माग गर्दै आएको भए पनि हालसम्म ती संरचनाहरू पुनर्निर्माण हुन सकेका छैनन् ।
कार्यालय सञ्चालनका लागि भाडामा भवन लिँदा व्यायभार बढ्ने र अर्कोतर्फसेवा प्रवाहमा समस्या हुने अजयमेरु गाउँपालिका-३ का सचिव करनबहादुर कामीले बताए ।
डडेल्धुरा जिल्लास्थित इलाका वन कार्यालय, स्वास्थ्य चौकी, हुलाक कार्यालय, कृषि सेवा केन्द्र, सदरमुकाम क्षेत्रमा रहेको कृषि विकास बैङ्क, अमरगढी नपाको भवन र जिल्ला समन्वय समितिको कार्यालयमा तत्कालीन नेकपा माओवादीले क्षति पुर्याएको भएपनि हालसम्म यी भवनहरू पुनर्निर्माण नगरिएका कारण सेवाग्राही समस्यामा परेका हुन् ।