INSEC Online

📅 २०८३ जेष्ठ २१

राजपाका कार्यकर्ताद्वारा मतदान अधिकृतको तालिममा अवरोध 

स्थानीय तहको दोस्रो चरणको चुनावको लागि जिल्ला निर्वाचन कार्यालयले कलैयामा जेठ २९ गते आयोजना गरेको मतदान अधिकृतको तालिममा अवरोध पुर्‍याउन खोजेपछि राजपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।

कलैयास्थित रामराजा क्याम्पसमा सञ्चालित ४ सय जना सहभागी मतदान अधिकृतको तालिम सुरू हुनासाथ २०/२५ जनाको सङ्ख्यामा पुगेका राजपा कार्यकर्ता र प्रहरीबिच झडप भएको प्रहरीले जनाएको छ । त्यस क्रममा प्रहरीले समान्य लाठी चार्ज गर्दै राजपाका कार्यकर्ताहरूलाई तितरबितर पारेको थियो ।

प्रहरीको लाठी चार्जले ४/५ जनालाई समान्य चोटपटक लागेको राजपाका जिल्ला कार्यकर्ता रमेश सर्राफले बताए ।

झडपपछि सुरक्षाकर्मी परिचालन गरेर कडा सुरक्षाबिच दिउँसोदेखि तालिम सुरू गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेश सर्राफले बताए ।

उनीहरूको अवरोधले दुई दिनको तालिम एक दिनमै सीमित गरिएको बताइएको छ । राजपाका कार्यकर्ताले कलैयामा महिला विकास कार्यालयको ना२झ २४०२ नम्बर र ना३च ६८८ नम्बरको निजी गाडीमा तोफोडसमेत गरेका छन् ।

अन्य

भिडियो