INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

आचारसंहिता पालना गर्न दलहरूलाई आयोगको आग्रह

निर्वाचन आचारसंहिता पालना गर्न क्षेत्रीय निर्वाचन कार्यालय मोरङले दलहरूलाई आग्रह गरेको छ । विराटनगरमा असार १ गते दलहरूसँगको सर्वदलीय बैठकमा आयोगले पार्टीको चुनाव चिन्ह अङ्कित भेष्ट, टोपीलगायतको तुल टाँगेको, पोष्टर

परिचरका भरमा विद्यालय सञ्चालन

कोल्टीको ढाडाकोटस्थित बुढीनन्दा प्रावि दुई महिनादेखि सुनसान जस्तै छ । चैत दोस्रो साता हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म विद्यालयमा उपस्थित भएका छैनन् । सदरमुकाम मार्तडीदेखि करिब १ दिनको

मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो

इन्सेकको पहलमा गठन भएको जिल्लास्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले स्थानीय तह निर्वाचनको संघारमा मतदाताहरूसँग भेट गरी मतदाता शिक्षाको विषयमा जानकारी लिनुका साथै मत खसाल्न अभिप्रेरित गर्दै पोष्टर वितरणसमेत गरेको

निर्वाचन आचारसंहिताको पालना नगरेको सरोकारवालाको गुनासो

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन पनि व्यापक रूपमा हुन थालेको छ । अधिकांश निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दलहरू रहेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय

आचारसंहिता उल्लङ्घन गर्दै रङ्गीन पोष्टर प्रकाशन

नेकपा माओवादी केन्द्र रुपाकोट मझुवागढीले चुनावी प्रचारप्रसार सामग्रीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै रङ्गीन पोष्टर प्रकाशन गरेको छ । चुनावी प्रचारप्रसारको क्रममा आफ्नो प्रतिबद्धता पत्र चार ओटा रङ्गमा प्रकाशन गरी आचारसंहिता

निर्वाचनमा मानव अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता

महोत्तरीको बर्दिवासमा सम्पन्न एक कार्यक्रममा राजनीतिक दल, स्थानीय प्रहरी-प्रशासन, सामाजिक सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिले स्थानीय निर्वाचनमा मानव अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता जनाएका छन् । महोत्तरीको बर्दिवासमा स्वच्छ निर्वाचनका

माओवादी केन्द्रका कार्यकर्ताद्वारा प्रचारप्रसारमा अवरोध पुर्‍याएको काङ्ग्रेस र एमालेको आरोप

पाँच नम्बर प्रदेश अन्तर्गत पूर्वी रुकुमका तीन गाउँपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रममा माओवादी केन्द्रका कार्यकर्ताको अवरोधका कारण प्रभावित भएको नेपाली काङ्ग्रेस र नेकपा एमालेले आरोप लगाएका छन् । चुनाव प्रचारमा गएको

स्वास्थ्य चौकीमा औषधि अभाव बिरामी मर्कामा

सदरमुकाम सिमकोटबाट एक दिन पैदल यात्रामा पुगिने खार्पुनाथ गाउँपालिका-३ स्थित राया स्वास्थ्य चौकीमा जेठ १० गतेबाट औषधि अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट आउनु पर्ने औषधि नआएपछि स्वास्थ्य चौकीमा

राजपा नेपालका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण, जनजीवन प्रभावित

दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गर्न भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको दोस्रो दिन जेठ ३१ गते रौतहटमा सो पार्टीका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् । बन्दकर्ताहरूले

स्वच्छ निर्वाचनका लागि इमन्दारिता आवश्यकः सरोकारवाला

स्च्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ ३१ गते सर्लाहीको हरिवनमा आयोजित ‘मानव अधिकार र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा आसन्न निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन राजनीतिक दल र उम्मेदवारले संयमता

निर्वाचनमा बालबालिका प्रयोग, आचारसंहिता पालना गर्न अधिकारकर्मीहरूको माग

नेकपा माओवादी केन्द्र लालीगुराँस नगरपालिकाले चुनाव प्रचारप्रसारमा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै विद्यार्थीहरू सहभागी गराएको छ । चुनाव प्रचारप्रसारमा विद्यालयका विद्यार्थीहरूलाई पार्टीको टिसर्ट र झण्डासहित सहभागी गराएको

आयोगद्वारा द्वन्द्वपीडितको पुनःस्थापनाको अवस्थाबारे अनुगमन तथा छलफल

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पाल्पाका द्वन्द्वपीडितहरूको पुनःस्थापना र उनीहरूको अवस्थाबारे जेठ ३१ गते अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाई

राजपाद्वारा गरिएको बन्दमा कतै तोडफोड कतै सामान्य प्रभाव

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा नेपाल बन्दको आयोजना गरेको राजपाले जेठ ३१ गते पनि निरन्तरता दिएको छ । इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार नेपालगञ्जको धम्बोझी चोकमा बिहान

राजपा र सङ्घीय समाजवादी फोरमका कार्यकर्ताबिच झडप

राजपा नेपालका कार्यकर्ता र सङ्घीय समाजवादी फोरमको कार्यकर्ताबिच जेठ ३१ गते जनकपुरस्थित पिराडी चोकमा झडप भएको छ । दुवै पार्टीको कार्यकर्ताबिच केही बेर तनाव उत्पन्न भएपनि कुनै पक्षमा क्षति नभएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ३१ गते ३५ वर्षीय बावुलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको भन्दै पीडित बालिकाकी

निर्वाचन मानव अधिकारको मेरूदण्ड होः वक्ताहरू

स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्रतापूर्वक भाग लिन पाउनु उनीहरूको नैसर्गिक मानव अधिकार रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा जेठ ३१ गते

राजापाले मतदान अधिकृतहरूलाई नियन्त्रणमा लिएपछि तालिम स्थगित

राजपा नेपालका कार्यकर्ताहरूले निर्वाचनसम्बन्धी तालिममा सहभागी हुन राजविराज आएका ५० जना कर्मचारीहरूलाई जेठ ३१ गते एक घण्टा नियन्त्रणमा लिएर छाडेका छन् । जिल्ला निर्वाचन कार्यालयद्वारा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा

इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिहरूले परिचयपत्र पाए

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा अन्नपुर्ण गाउँपालिका-७ लुम्ले, लान्द्रुकका चारजना अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गताको परिचय पत्र पाएका छन् । महिला तथा बालबालिका कार्यलय कास्की, प्रमुख लक्ष्मी जिसी (कार्की)ले

निगरानी समूहको पहलमा लाँकुरीमा विजुली बल्यो

लाँकुरीमा १० वर्षअघि बिजुलीको पोल गाडिएको र २ वर्षअघि समुदायले वाइरिङ गरिसक्दा पनि  विद्युतीकरण नभएकोमा मानव अधिकार निगरानी समूह (मानिस) ले बहसको विषय बनाएपछि जेठ महिनाको तेश्रो साता बिजुली बालिएको

मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्वन्धी अन्तरसम्वाद सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा पाल्पामा मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्बन्धी अन्तरसम्वाद कार्यक्रम जेठ ३० गते तानसेनमा सम्पन्न भएको छ