INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो

इन्सेकको पहलमा गठन भएको जिल्लास्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले स्थानीय तह निर्वाचनको संघारमा मतदाताहरूसँग भेट गरी मतदाता शिक्षाको विषयमा जानकारी लिनुका साथै मत खसाल्न अभिप्रेरित गर्दै पोष्टर वितरणसमेत गरेको छ ।

Photo20170616Palpa

जेठ ३१ तानसेन नगरपालिकाका नारायण स्थान, मेहल्धारा, भिमसेनटोलमा पुगेर मतदाताहरूमा मतदाता शिक्षा पुगेको नपुगेकोबारे जानकारी लिनुका साथै मतदाताहरूको धारणासमेत सङ्कलन गरिएको समूहका अध्यक्ष भगवान भण्डारीले बताए ।

Photo20170616Palpa1

निगरानी समूहका प्रतिनिधिहरू, मानव अधिकारकर्मीहरू, सञ्चारकर्मीहरूको समूह घरघरमा र टोलटोलमा पुगेर मतदाताहरूसँग भेटेर छलफल गरेका थिए । मतदाताहरूसँगको भेटको क्रममा आफ्नो समुदायमा मतदाता शिक्षा नआएको, आफूहरूले भोट कसरी दिने भन्नेबारे जानकारी समेत नपाएको उनीहरूले बताएका थिए । ‘सदरमुकाम तानसेनमै मतदाताले मतदाता शिक्षा पाउन सकेको अवस्था रहनेछ ।-अध्यक्ष भण्डारीले भने ।

Photo20170616Palpa2

सो अवसरमा समूहले स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रकाशन गरेको निर्वाचनसम्बन्धी पोष्टरसमेत वितरण गरिएको थियो । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ताको रूपमा प्रत्येक वडामा सामाजिक परिचालक र इसिडि शिक्षकलाई खटाएको छ ।

अन्य

भिडियो