स्च्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ ३१ गते सर्लाहीको हरिवनमा आयोजित ‘मानव अधिकार र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा आसन्न निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन राजनीतिक दल र उम्मेदवारले संयमता अपनाउनु पर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचन गराउन खटेका निर्वाचन अधिकृतलाई घेरा हालेको र कुटपिट गरेकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय जनात पार्टी नेपालले माग पुरा गराउने तरिका गलत भएको बताए ।
कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका सचिव ईन्द्रप्रसाद अर्यालले निर्वाचन स्वच्छ बनाउन उम्मेदवार, पर्यवेक्षक र सञ्चारकर्मीहरू संयम हुनुपर्नेमा जोड दिए ।

मधेस मामिलाका जानकार डा. राजेश अहिराजले स्वच्छ र साझा निर्वाचनका लागि वुद्धिजिवीको भूमिका महत्वपूर्ण हुने बताए । पत्रकार अमन कोइरालाले मतदाता सचेत भए मात्र निर्वाचन स्वच्छ हुने बताए ।
नागरिक समाजका अगुवा उग्रकान्त झाले राजनीतिक दलका नेतृत्वकर्ताको मन, वचन र कर्म एक भए मात्र निर्वाचन स्वच्छ र भयरहित वतावारणमा हुन सक्ने बताए । स्वच्छ निर्वाचनका लागि निर्वाचन पर्यवेक्षक इमन्दार हुनु पर्ने झाको भनाइ थियो ।
नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले स्वाच्छ निर्वाचनका लागि निर्वाचनमा सहभागी हुने उम्मेदवार, दल र पर्यवेक्षक निष्पक्ष हुनु पर्नेमा जोड दिए । निर्वाचन अगाडि नै गाउँ/गाउँमा सेना दौडेर परेड खेल्दा चुनवामा सर्वसाधारण भयभित हुन सक्नेमा चौधरीले बताए ।
थर्ड एलाइन्सका सर्लाही प्रतिनिधि मुकेश मिश्रले निर्वाचनमा हुने आर्थिक चलखेल रोकिए मात्र निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताए । विगतको चुनावमा मतदान केन्द्रहरू कब्जा गर्ने घटना भएका क्षेत्रमा स्वच्छ निर्वाचका लागि चुनौती रहेको मिश्रले बताए ।
नेपाल राष्ट्रिय दलित उत्थान सङ्घ सर्लाहीका अध्यक्ष राजेश पासवानले स्वच्छ निर्वाचनका लागि मतदाता शिक्षा र अचारसंहिता आवश्यक रहेको बताए । कार्यक्रममा सामजसेवी भवानी कोइराला, एमनेष्टी इन्टरनेशनल र्सलाहीका प्रतिनिधि चेतबहादुर मगर, थारु कल्याणकारीणीका अमिरिलाल चौधरी, शिक्षक जयशङ्कर सिंहलगायतले स्वाच्छ निर्वानका लागि पर्यक्षणमा जोड दिएका थिए ।