INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मङ्सिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेको राससले जनाएको छ । मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र

मानसिक रोगीको उपचारका लागि राज्य गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूको जोड

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा असोज २४ गते विराटनगरमा आयोजित एक कार्यक्रममा मानसिक रोगीहरूको उपचार तथा पुनःस्थापनामा सरकार गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । कार्यस्थलमा मानसिक स्वास्थ्य भन्ने मूल

जिल्लाको दुर्गम स्वाथ्यचौकी भगवानपुरमा औषधिको अभाव

सरकारले बर्थिङ् सेन्टर सञ्चालन भएका स्वास्थ्य चौकीहरूमा ७२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिएपनि जिल्लाको दुर्गम स्थानमा रहेको भगवानपुर स्वास्थ्यचौकीमा अति आवश्यक औषधिहरूको अभाव रहेको स्वास्थ्यचौकीका सि.अहेब नन्दकिशोर चौधरीले जानकारी

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तिनाउँ गाउँपालिका-६ मस्यामका २० वर्षीय सुरेश नेपालीविरूद्ध पीडित परिवारले असोज २३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएको छ । आरोपितले भदौ

शान्ति सुरक्षाको प्रत्याभूति गरः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्रले असोज २३ गते नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनलाई अपराधिक समूहले काठमाडौँमा गोली हानी हत्या गरेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग

पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पठनपाठन प्रभावित

शैक्षिक सत्र सुरू भएको आठ महिना बितिसक्दासमेत हुम्लामा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिकास्थित कर्णाली मावि, कान्ती निमावि, कैलाश मावि, सैपाल हिमाल मावि, मानसरोवर मावि, बालमन्दिर

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनको गोली हानी हत्या

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनलाई असोज २३ गते काठमाडौँको नयाँबानेश्वर खरिबोटमा अज्ञात समूहले गोली हानी हत्या गरेको छ । महानगरीय प्रहरी प्रभाग शान्तिनगरले खरिबोटमा बा १३ च ४९४८

नुवाकोटको ५४ मतदानस्थल अतिसंवेदनशील

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नुवाकोटमा कायम रहेकामध्ये ५४ मतदानस्थल अतिसंवेदनशील निर्धारण गरिएको राससले जनाएको छ । यसअघिको स्थानीय तहको लागि निर्धारण गरेको १ सय २९ मतदान स्थललाई

जन्म र मृत्यु हुँदा निःशुल्क पाउने चामलको पैसा तिर्नु पर्ने स्थानीयबासीको गुनासो

सरकारले कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने घोषणा गरेपनि खाद्य संस्थान हुम्लाले पैसा लिने गरेको स्थानीयबासीले गुनासो गरेका छन् । अघिल्लो सरकारले कर्णालीका पाँच ओटै जिल्लाका

दाउरा प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

भीमेश्वर नगरपालिका-८ मेहर टोलकी ७१ वर्षीया खड्गमाया बस्नेतलाई ३५ वर्षीय छोरा कुमार बस्नेतले असोज २२ गते दाउराले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । छोरा कुमारले बारीमा घाँस काट्न

बालिकाको हत्या घटनाका आरोपित गिरफ्तार

गोकुलगङ्गा गाउँपालिका-४ बेतालीकी १६ वर्षीया अम्बिका बस्नेतलाई असोज १७ गते हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय राजन कार्कीलाई गिरफ्तार गरी असोज २३ गते सार्वजनिक गरेको छ । गोठ

सामूहिक बलात्कार घटनाका अरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका-४ का २१ वर्षीय साहिद अलीलाई असोज २२ गते गिरफ्तार गरेको छ । घटनाका अर्का आरोपित सोही ठाउँका २६ वर्षीय मोहम्मद

लोकतान्त्रिक फोरम र काङ्ग्रेस कार्यकर्ताबिच झडप, सात बालबालिकासहित २४ घाइते

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच ईशानाथ नपा-७ जोकाहा टोलमा असोज २२ गते राति झडप हुँदा सात जना बालबालिकासहित २४ जना घाइते भएका छन् । ईशानाथ नगरपालिकामा नगर कार्यसमितिको

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा चौतारा सागाचोकगढी नपा-११ का ३५ वर्षीय बिदुर गिरीलाई असोज २३ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले असार १५ गते बालिकालाई बलात्कार गरेको भन्दै

शिक्षकको घरमा आगजनी गरेको घटनाका आरोपित गिरफ्तार

शिवनाथ गाँउपालिका-६ कनालीका दलित शिक्षक करन रानाको घरमा आगजनी गरेको आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ । असोज ७ गते (शनिबार) राति रानाको घरमा आगजनी

प्रोत्साहन रकम नपाउँदा अन्तरजातीय विवाहका घटना दर्तामा कमी

जिल्लामा अन्तरजातीय विवाह गरेका जोडीले पाउने प्रोत्साहन रकम पाउन छोडेपछि जिल्ला प्रशासन कार्यालयमा अन्तरजातीय विवाहका घटना दर्तामा कमी आएको छ । आर्थिक वर्ष ०७३/०७४ मा जिल्ला प्रशासन कार्यालयमा एउटा पनि

बहुविवाहका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले असोज २२ गते तिला गाउँपालिकाको कुडारी बजारबाट दुई जनालाई गिरफ्तार गरेको छ । तातोपानी गाउँपालिका-२ डागीवाडाका ३० वर्षीय विरेन्द्रकुमार डाँगी र गोरखा जिल्लाको फिनाम-४ की २९

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज २९ गते पेश गर्नुपर्ने

निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची असोज २९ गते पेश गर्ने मिति तोकेको जनाएको छ । आयोगले आयोजना गरेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी दुई दिने अभिमूखीकरण कार्यक्रम असोज २२ गते सम्पन्न गर्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका-३ का १८ वर्षीय रोशन बिकलाई असोज २१ गते गरिफ्तार गरेको र १५ वर्षीय दुई जना बालक फरार रहेको जनाइएको छ ।

बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी

भगवानपुर गाउँपालिका-१ की ३२ वर्षीया दुलारीदेवी मण्डलले ३५ वर्षीय पति धनिकलाल मण्डलले २२ वर्षीया शिलादेवी मण्डलसँग बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असोज २२ गते उजुरी दिएकी छन् ।