INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका अरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका-४ का २१ वर्षीय साहिद अलीलाई असोज २२ गते गिरफ्तार गरेको छ । घटनाका अर्का आरोपित सोही ठाउँका २६ वर्षीय मोहम्मद मुस्लिम फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई असोज १५ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले असोज १९ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएकी थिइन् ।

फरार रहेका आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गढवाका इन्स्पेक्टर प्रमोद क्षेत्रीले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १९ गते लमही अस्पतालमा भएको थियो ।

अन्य

भिडियो