INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिकाको हत्या घटनाका आरोपित गिरफ्तार

गोकुलगङ्गा गाउँपालिका-४ बेतालीकी १६ वर्षीया अम्बिका बस्नेतलाई असोज १७ गते हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय राजन कार्कीलाई गिरफ्तार गरी असोज २३ गते सार्वजनिक गरेको छ ।

गोठ नजिकै बारीमा घाँस काट्न गएकी अम्बिाका असोज १७ गते ३ बजे अपरान्ह्बाट बेपत्ता भएकी थिइन् । असोज १८ गते बिहान साँढे ६ बजेतिर उनको शव गोठदेखि २५ मिटर तल खिम्ति खोला किनारमा पानी भित्र घोप्टो पारी ढुङ्गाले च्यापेको अवस्थामा फेला परेको थियो । घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले कार्कीलाई अरोज १९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजकुमार थापाले जानकारी दिए ।

कार्कीले आफूले कमाएको बारीमा अम्बिकाले घाँस काटेको विषमा भनाभन हुँदा रिसको आवेगमा बसिरहेको ठाउँबाट खोल्साको भिरमा हुत्याइदिएको र बालिका अचेत भएपछि घिसार्दै खिम्ति खोलमा लगेर फालिदिएको बयान दिएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । शवको पोष्टमार्टम असोज १८ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो