१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका-३ का १८ वर्षीय रोशन बिकलाई असोज २१ गते गरिफ्तार गरेको र १५ वर्षीय दुई जना बालक फरार रहेको जनाइएको छ ।
पीडित बालिकालाई आरोपित त्रयले बलत्कार गरेको पीडित पक्षले असोज २० गते उजुरी दिएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई कृष्ण खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २१ गते जिल्ला अस्पताल बाजुरामा गरिएको छ ।