भगवानपुर गाउँपालिका-१ की ३२ वर्षीया दुलारीदेवी मण्डलले ३५ वर्षीय पति धनिकलाल मण्डलले २२ वर्षीया शिलादेवी मण्डलसँग बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असोज २२ गते उजुरी दिएकी छन् ।
पीडित महिलाका अनुसार आरोपितले आफूसँग १० वर्षअघि विवाह गरेको र एक छोरा भए पनि असार ५ गते शिलासँग विवाह गरेको थाहा पाएकाले कारबाहीको माग गर्दै उजुरी दिएको बताइन् ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीका अनुसार घटनाको अनुसन्धान सुरू गरिएको र आरोपितद्वयको खोजी कार्य जारी रहेको छ ।