INSEC Online

समाचार

बहुविवाह गरेको कसुरमा एक वर्ष कैदको फैसला

बहुविवाह घटनाका आरोपित लहान नपा-१५ का ३० वर्षीय दिपेन्द्र चौधरीलाई जिल्ला अदालतले चैत ६ गते कसुरदार ठहर गर्दै एक वर्ष कैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

बेचबिखन प्रयास घटनाका पीडित ६ जना युवतीको उद्धार

यशोधरा गाउँपालिका अन्तर्गत रहेको खुनुवा भन्सार नाकाबाट ६ जना युवतीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मर्यादपुरले चैत ५ गते उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा बाँके जिल्ला कोहलपुर

स्थानीय तह खाली गर्न नेकपाको पत्र

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटाका सम्पूर्ण स्थानीय तहहरू खाली गर्न चैत ६ गते पत्राचार गरेको छ । अहिलेको राज्य व्यवस्था काम नलाग्ने भन्दै स्थानीय तह खाली गर्नका लागि

परिवारका सदस्यले हत्या गरेको आरोपमा जलाउन लागेको शव चीताबाटै बरामद

कटहरिया नपा-५ की ३५ वर्षीया राजकुमारीदेवी साहको जलाउँदै गरेको शव चैत ६ गते बिहान प्रहरीले चीताबाटै बरामद गरेको छ । जलाउन लागिएकी यादवलाई हत्या गरी शव जलाउन लागिएको आरोपमा प्रहरीले

‘न्यायिक निरूपण नभएसम्म टिकापुर काण्डका आरोपितलाई सपथ नगराउ’-अधिकारकर्मी

जबाफदेहीता निगरानी समितिले ०७२ भदौ ८ गते टिकापुरमा एक नाबालकसहित सात प्रहरीको ज्यान जाने गरी भएको घटनाका प्रमुख आरोपित राष्ट्रिय जनता पार्टिका निर्वाचित सांसद रेशम चौधरीलाई प्रतिनिधि सभा सदस्यको सपथ

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैत ६ गते बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय राजिव ठाकुरविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले गत

अज्ञात पक्षबाट गोली प्रहारबाट एक जना घाइते

गरुडा नपा-५ का ५० वर्षीय रामअशिष राय यादवलाई चैत ५ गते राति अज्ञात पक्षले गोली प्रहार गरी घाइते बनाएको छ । कटहरिया नपा-८ प्रि्रा पोखरीयास्थित नेम इँटा उद्योगमा कार्यरत यादव

अज्ञात समुहद्वारा स्काईभेटरमा आगजनी

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको स्काईभेटरमा चैत ५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । गरुडा नगरपालिका-५ स्थित झाझपुल कटहरिया सडक खण्ड निर्माणका लागि गरुडा नपा-५ स्थित लक्ष्मिपुरमा राखिएको डिभिजन

आठ वर्षीय बालकलाई अपहरण पश्चात हत्या गरेको कसुरमा ३१ वर्ष कैदको फैसला

एकडारा गाउँपालिका-३ भटौलियाका आठ वर्षीय जेनिश भनिने चिरञ्जीवी महासेठलाई अपहरणपछि हत्या गरेको आरोपमा सोही ठाउँका २० वर्षीय शुखडा भनिने साविर अन्सारी, २३ वर्षीय सुधिरकुमार साह र २० वर्षीय गोला भनिने

स्थानीयद्वारा प्रहरी कार्यालयको खानेपानी र बिजुलीको लाइन काटियो

बुलिङ्टार गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको खानेपानी पाइप र बिजुलीको लाइन काटिँदा प्रहरी नै विद्युत र खानेपानीबाट वञ्चित भएका छन् । भरुवा बन्दूकसहित फागुन ३० गते बुलिङटार गाउँपालिका-३ का २२

बुहारी हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सखुवा प्रसौनी गाउँपालिका-५ बलुवाकी २४ वर्षीया ज्ञान्तीदेवी यादवलाई कुटपिट गरी चैत २ गते हत्या गरेको आरोपमा ५० वर्षीय ससुरा रामबालक प्रसाद यादवविरुद्ध चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका-४ का २५ वर्षीय कृष्णबहादुर बोम्जनलाई चैत ५ गते गिरफ्तार गरेको नेपाल समाचारपत्रले जनाएको छ । पीडित बालिकालाई आरोपितले चैत ५ गते

पत्नी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

धनगढीमाई नपा-२ की २७ वर्षीया मञ्जुकुमारी चौधरीलाई हत्या गरेको कसुरमा ३२ वर्षीय पति ज्ञानेन्द्रप्रसाद चौधरीलाई जिल्ला अदालतले चैत ५ गते कसुर ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । न्यायाधीश

निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाट राजिनामा दिन नेकपाको धम्की

जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् सल्यानले चैत ५ गते जिल्लाका १० ओटै स्थानीय तहलाई धम्की दिएको छ । स्थानीय तह गठन

नगरप्रमुखलाई ज्यान मार्ने धम्की दिएको घटनाका आरोपित गिरफ्तार

बृन्दाबन नपा-१ घर भएका सो नगरपालिकाका प्रमुख ४५ वर्षीय रामस्नेही राय यादवलाई अपहरण र हत्याको धम्की दिएको आरोपमा प्रहरीले चैत ४ गते दुई जनालाई गिरफ्तार गरेको छ । नेपाल प्रहरीको

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात/सात वर्षीया दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा-१६, का ४७ वर्षीय कमल चौधरीलाई गिरफ्तार गरेको छ । पीडित बालिकाद्वयलाई आरोपितले चैत ४ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले

खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेराबासी पीडित

सिमकोटमा खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेरामा बस्दै आएका व्यक्ति पीडित भएका छन् । सिमकोट गाउँपालिकाले मनोमानी रूपमा तीन वटा करको मुल्य तिर्न लगाएपछि बजारबासी समस्यमा परेका

संविधानमा लेखिएका विषय कार्यान्वयन गर्नुपर्नेमा जोड

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिला स्वयम् आफ्नो हक र अधिकारका लागि नबोल्दासम्म संविधानमा लेखिएका अक्षरले मात्रै समानता नल्याउने बताएका छन् । उनले संविधानमा लेखिएका विषयलाई अक्षरस कार्यान्वयन गर्नुपर्नेमा

खुकुरी तथा गोली प्रहारबाट घाइते मेयर चौधरीको उपचार काठमाडौँमा हुँदै

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको उपचार काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । फागुन २८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको आक्रमणबाट घाइते भएका चौधरीको काठमाडौँमा उपचार

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

३६ वर्षीया महिलालाई ठाकुरबाबा नपा-१ सिहंबहानीका ५२ वर्षीय कालिबहादुर बोहोराले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बर्दियामा चैत ४ गते पीडितले उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले चैत ३