६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका-४ का २५ वर्षीय कृष्णबहादुर बोम्जनलाई चैत ५ गते गिरफ्तार गरेको नेपाल समाचारपत्रले जनाएको छ ।
पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा सोही दिन उजुरी दएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनलाई प्रहरी र गाउँलेले साँझ ५ बजे मकवानपुरको बकैया गाउँपालिका–१० बाट समातेको बागमती गाउँपालिका–४ प्युटारका वडा अध्यक्ष नारायणबहादुर घलेले जाबताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ५ गते नै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल गरिएको छ ।