INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीयद्वारा प्रहरी कार्यालयको खानेपानी र बिजुलीको लाइन काटियो

बुलिङ्टार गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको खानेपानी पाइप र बिजुलीको लाइन काटिँदा प्रहरी नै विद्युत र खानेपानीबाट वञ्चित भएका छन् ।

भरुवा बन्दूकसहित फागुन ३० गते बुलिङटार गाउँपालिका-३ का २२ वर्षीय चन्द्र सुस्लिङ मगरलाई गिरफ्तार गरेको विरोध स्वरूप लाइन काटिँदा चैत १ गतेबाट प्रहरी कार्यालयमा कार्यरत कर्मचारी खानेपानी र विद्युत सेवाबाट वञ्चित भएका हुन् ।

गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीको निर्देशनमा स्थानीय युवाहरूले खानेपानी र बिजुलीको लाइन काटेको प्रहरी पक्षको दावी छ भने गाउँपालिका अध्यक्ष आफूले त्यस्तो गर्न निर्देशन नदिएको बताउँछन् ।

खानेपानीको पाइप काटिएपछि प्रहरीलाई १ घण्टाको पैदल बाटो हिँडी खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी दिपेन्द्र जिसीले गाउँपालिका अध्यक्षसँग कुराकानी भइरहेको र खानेपानी तथा बिजुलीको लाइन जोडिदिने भनेर सहमति गरेता पनि लाइन नजोडिएको बताए ।

अन्य

भिडियो