INSEC Online

समाचार

झाडापखलाको कारण १० दिनदेखि विद्यालय बन्द, पढाई प्रभावित

दुषित पानीका कारण मुसिकोट नगरपालिका–४ वडागाउँको दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोपका कारण १० दिनदेखि विद्यालय बन्द हुँदा पढाई प्रभावित भएको छ । गत वैशाख ८ गतेबाट गाउँका सबै नागरिक बिरामी

बलात्कारको प्रतिकार गर्दा सुनीताको हत्या !

सुनीता थारूको हत्या प्रकरण बलात्कारको प्रतिकारका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका एसपी अच्युतमप्रसाद पुडासैनीले बताएका छन् । ‘घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ । तर, घटना

गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई धम्की, आरोपितविरूद्ध प्रहरीमा उजुरी

रामग्राम नपा–३, घर भई नेपाल पत्रकार महासङ्घ नवलपरासीका सदस्य बुटवल टुडेका सम्वाददाता बेचु गौँडलाई सडकको गुणस्तर सम्बन्धमा समाचार लेखेको आरोपमा गाउँपाmिलका अध्यक्षले धम्की दिएको पीडितले आरोप लगाए । पत्रकार गौँडले

मधेसी आयोगद्वारा अनुशिक्षण कार्यक्रम सुरू

मधेसी आयोगले राजविराजमा वैशाख १६ गते प्रदेश २ स्तरीय अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम गरेको छ । पहिलो पटक आयोगद्वारा आयोजित अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष डा. विजयकुमार दत्तले मधेसी समुदायको

उजुरीबारे ‘बुझ्दैनबुझी’ प्रहरीले हस्तक्षेप गर्दा विवाह रोकियो

खाँदबारी नगरपालिका–६ तल्लो पाठामा विवाह मण्डपबाटै ०७६ वैशाख १५ गते ‘बेहुलाबेहुली’ सहित चार जनालाई प्रहरीले गिरफ्तार गर्‍यो । जिल्ला बाल क्लव समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारीे प्रहरीलाई दिएपछि

चिकित्सक गाउँमै भए पनि रोग नियन्त्रण भएन

ताँजाकोट गाउँपालिकामा फैलिएको मौसमी फ्लू रोग वैशाख १६ गतेसम्म नियन्त्रणमा आउन सकेको छैन । दुर्गम हुम्लाका नागरिक धामी झाँक्रीको धार्मिक विश्वासमा बढी केन्द्रित हुने गर्दछन् । यहाँ पर्याप्तरूपमा औषधि नहुनु,

वडा सचिवद्वारा पत्रकारमाथि दुर्व्यवहार !

नेपाल पत्रकार महासङ्घ तनहुँका कोषाध्यक्ष एवम् आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज) तनहुँका अध्यक्ष भिमाद नगरपालिका–५ निवासी ३० वर्षीय प्रताप रानालाई भिमाद नगरपालिका–५ का वडा सचिव रमेश बरालले दुर्व्यवहार गरेको पीडितले

बालविवाह गरेको आरोपमा एक वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा थुनामा रहेका कालिकानगरपालिका–३ का ४३ वर्षीय मानकुमार कुमाललाई जिल्ला अदालतले एक वर्ष कैदसहित १० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश विनोदकुमार गौतमको

विप्लव नेतृत्वको नेकपाका बाँके जिल्ला किमिटी सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला कमिटी सदस्य बाँके बैज्यनाथ गाउँपालिका–७ का ३० वर्षीय प्रेम थापालाई प्रहरीले वैशाख १७ गते गिरफ्तार गरेको छ । थापालाई ठाकुरबाबा

नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता गिरफ्तार

नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले गिरफ्तार गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेका क्याम्पसले मापदण्ड विपरीत विद्यार्थी भर्ना गरेको भन्दै आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी सङ्घका

स्थानीय र सुरक्षाकर्मीबीच झडप, सात जना सुरक्षाकर्मी र एक जना स्थानीय घाइते

चालकको लापरवाहीका कारण लम्कीचुहा नगरपालीका निवासी लम्की बहुमूखी क्यापसमा अध्ययनरत १९ वर्षीया छात्रा सुनिता रावलको वैशाख १७ गते मृत्यु हुन गएको भन्दै स्थानीयहरूले प्रदर्शन गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाँपा–२ भगदरीका १९ वर्षीय मनोज भरलाई वैशाख १६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते घरमा

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

६० वर्षीया एकल महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गर्ने इनरूवा नगरपालिका–१० जल्पापुरका ३५ वर्षीय पवनलाल शर्मालाई प्रहरीले वैशाख १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १४ गते

पत्नी हत्याका आरोपितलाई कारवाहीको माग गर्दै प्रर्दशन

मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दाहाल दुलाललाई वैशाख १३ गते बिहान हत्या गरेको आरोपमा २८ वर्षीय पति सुदिप दुलाललगायत परिवारका सदस्यलाई कडा कारवाहीको माग गर्दै जिल्लास्थित विभिन्न महिला समूहले

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज सहित १० जना गिरफ्तार

जिल्ला प्रहरी कार्यालय, बाजुराले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाजुरा इञ्चार्ज सहित १० जना कार्यकर्ताहरूलाई वैशाख १७ गते बुढिगङ्गा नगरपालिकाका–१ अम्कोटबाट गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज

चरिकोट कारागारमा कैदीद्वारा आत्महत्या !

पत्नीको हत्या गरेको कसुरमा कैद सजाय भोगिरहेका जिरी नगरपालिका–९ ठुलोपातलका ३८ वर्षीय तस्वीर तमाङले वैशाख १७ गते चरिकोट कारागार भित्रै झुण्डिएर आत्महत्या गरेका छन् । तस्वीरले ०७५ मङ्सिर १० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–१० का २५ वर्षीय दिलिपकुमार महतोलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै

परिवारका सदस्यबाट आगो लगाएर घाइते भएकी निर्मलाको उपचारको क्रममा मृत्यु

शहीदनगर नपा–१ पुरवारी टोल चिरैयाकी २० वर्षीया निर्मला यादवको उपचारका क्रममा वैशाख १६ गते मृत्यु भएको छ । २४ वर्षीय पति मुकेश गोइत यादवले निर्मलाको शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीय बालिकालाई क्षीरेश्वरनाथ नपा–५ का ३३ वर्षीय राजकुमार साहले बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १६ गते ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

मिर्चैया नपा–१२ मा एक १४ वर्षीया बालिकाको वैशाख १६ गते हुन लागेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । लहान नपा–२४ घर भएकी बालिकाको बालविवाह मामा घरमा हुन लागेको स्थानीयबाट सूचना