INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गरेको आरोपमा एक वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा थुनामा रहेका कालिकानगरपालिका–३ का ४३ वर्षीय मानकुमार कुमाललाई जिल्ला अदालतले एक वर्ष कैदसहित १० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश विनोदकुमार गौतमको इजलासले वैशाख १६ गते उक्त फैसला गरेको अदालतका श्रेष्तेदार रूद्रमणी गिरीले बताए ।

बलात्कारको समेत आरोप लागेका कुमालले यस आरोपबाट भने सफाई पाएको र विवाह बदर भई बालविवाहमा मुद्दा चलेको गिरीले बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ भदौ २० गते बालविवहा गरी बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २७ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएको थियो ।

उक्त उजुरीको आधारमा प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि थुनामा राखेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २८ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो