INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

मिर्चैया नपा–१२ मा एक १४ वर्षीया बालिकाको वैशाख १६ गते हुन लागेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ ।

लहान नपा–२४ घर भएकी बालिकाको बालविवाह मामा घरमा हुन लागेको स्थानीयबाट सूचना पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाको सक्रियतामा रोकिएको हो ।

धनुषा सबैलाका १९ वर्षीय रामेश्वर कापरसँग हुन लागेको बालविवाह रोकिएपछि जन्ती त्यसै फर्किएको इलाका प्रहरी कार्याल मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए ।

डिएसपी खनालका अनुसार बालिकाको उमेर पुगेपछि मात्रै विवाह गराउने सहमति भएको छ ।

अन्य

भिडियो