INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको प्रतिकार गर्दा सुनीताको हत्या !

सुनीता थारूको हत्या प्रकरण बलात्कारको प्रतिकारका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका एसपी अच्युतमप्रसाद पुडासैनीले बताएका छन् ।

‘घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ । तर, घटना हुँदासँगै रहेका पति र उनका साथीको प्रारम्भिक बयानवाट पति दोषी नरहेको र उनका साथी नविन थारूको घटनामा संलग्नता पुष्टि हुँदै आएको छ ।’–एसपी पुडासैनीले भने ।

मृतकका पति सुरेश थारूले वैशाख १५ गते दिउँसैबाट उनका साथी नविन चौधरी र उनकी पत्नी सुनिता चौधरीसहित तीन जना सँगै बसेर मादक पदार्थ सेवन गरेको प्रहरीलाई बताएका छन् ।

मदिरा लागेका बेला धेरै गर्मी भएको भन्दै वाणगङ्गा नदीमा नुहाउन पत्नी सुनिता र साथी नविनसँगै गएको उनले बताएका छन् ।

शारीरिक सम्पर्क गर्न प्रयास गरेका नविनलाई सुनीताले प्रतिवाद गर्न खोजेपछि धकेलेर खाल्डोमा लडाएर ढुङ्गाले प्रहार गर्दा मृत्यु भएको नवीनले बताएको प्रहरीले जनायो ।

नदीमा शारीरीक सम्पर्क राख्न खोज्दा सुनिताले पतिले थाहा पाउँछन् भन्दै प्रतिकार गरेको नविनको भनाई छ ।

मृतकका माइतीपक्षले भने पति सुरेश थारू र शासू मिलेर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय पिपरामा वैशाख १७ गते उजुरी दिएको छ ।

सुनीताकी सासूलाई माइती पक्षले कुटपिट गरेकाले सुरक्षा र अनुसन्धान दुवै हिसावले उनलाईसमेत प्रहरीले हिरासतमा राखेको छ ।

इलाका प्रहरी कार्यालयको हिरासतमा हत्या आरोपमा नविन थारू, सुनीताका पति सुरेश थारू, सुरेशकी आमासहितका व्यक्तिहरू रहेका छन् ।

अन्य

भिडियो