INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–१० का २५ वर्षीय दिलिपकुमार महतोलाई वैशाख १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा सोही दिन उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख १५ गते गरिएको थियो । घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठले बताए ।

अन्य

भिडियो