INSEC Online

📅 २०८३ असार १२

समाचार

परमादेश भएपनि उजुरी दर्ता नगरेको पीडितको गुनासो

उच्च अदालत जनकपुर, राजविराज इजलासले परमादेश जारी गरेपनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको हनुमाननगर कङ्कालिनी नपा–१४ रम्पुरा मल्हनियाकी ५१ वर्षीया लिलमदेवी मण्डल र उनका पति ५६ वर्षीय भोलाइ मण्डलले गुनासो

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोलबजार नपा–१ का ६३ वर्षीय दिनेश यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा मङ्सिर १७ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार

यौन दुर्व्यवहार घटनाका आरोपित बालक गिरफ्तार, बालक ठूला बन्दीहरूसँग

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा १४ वर्षीय बालकविरूद्ध मङ्सिर १७ गते पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा सोही दिन उजुरी दिनुभएको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेपछि

छोराको कुटपिटबाट घाइते आमा अस्पताल भर्ना

रुपनी गाउँपालिका–३ कटैयाका ७० वर्षीया मगनीदेवी माझीलाई ४० वर्षीय कान्छो छोरा धर्मदेव माझीले मङ्सिर १७ गते राति कुटपिट गरेको पीडितले आरोप लगाउनुभएको छ । कुटपिटबाट घाइते पीडितको उपचारका लागि राजविराजस्थित

लघुवित्तको कार्यालयमा बम विष्फोट

पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा मङ्सिर १७ गते  अज्ञात पक्षले बम विष्फोट गराएको छ । बिस्फोट भएको लघुवित्तको कार्यालय परिसरमा स्टिलका भाँडाका टुक्रा, कागजका टुक्रा र लामो

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँडाचक्र नपा–६ का २५ वर्षीय भिमराज शाहीलाई मङ्सिर १८ गते खाँडाचक्र नपा–१ मान्मबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका–३ घर भएका हाल धादिङ जिल्ला गल्छी गाउँपालिका–६ निवासी २१ वर्षीय नारायणप्रसाद दहाललाई मङ्सिर १७ गते गिरफ्तार गरेको

आधारभुत अधिकार उपभोगसमेत गर्न नपाएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो

दार्चुला जिल्लामा अपाङग दिवस मनाइरहँदा यहाँका अपाङ्गता भएका दर्जनौँ व्यक्तिहरूले आधारभुत अधिकारकोसमेत सुनिश्चितता हुन नसकेको गुनसो गरेका छन् । ‘म पढ्न चाहन्छु । मलाई पढाइ दिनुहोस् । मैले दुई ओटै

विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ भन्ने मूल नारासहित मङ्सिर १७ गते २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । प्रभातफेरी, प्रतिभा प्रदर्शन र सामग्री वितरणलगायतका विविध कार्यक्रम

बेपत्ताको खोजीका लागि स्थानीय तहसँग समन्वय गर्न आयोगलाई सुझाव

नेपालको १० वर्षे द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका मकवानपुरका २५ जनाको हालसम्म पनि पत्ता लाग्न नसकेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ । जिल्ला अदालत मकवानपुरमा मङ्सिर १६ गते

जनकपुरमा दाइजो प्रथा न्युनिकरणको लागि १ सय ८ जोडीको आदर्श विवाह

तराई क्षेत्रमा दाइजो प्रथाले आफ्नो जरा क्यान्सर झैँ फिजाइरहेको बेलामा जनकपुरधाम उमनपा–१३ स्थित रामजानकी विवाह मण्डप (मणि मण्डप) मा १ सय ८ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु

अपाङ्गता भएका ३ सयभन्दा बढी बालबालिका शिक्षाको अधिकारबाट वञ्चित

जिल्लाभर मङ्सिर १७ गते २८ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइरहँदा बगनासकाली गाउँपालिका–८ बराङ्दीका १४ वर्षीय दामोदर पाण्डे र उहाँका ११ वर्षीय भाइ ऋषिराम पाण्डेको दैनिकी आँगन र पिँढीमै खेलेरै बित्यो

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बुबालाई मङ्सिर १७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले

बलात्कार गरेको कसुरमा १५ दिन कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालतले मङ्सिर १६ गते १५ दिनको कैद सजाय फैसला गरेको छ । न्यायाधीश दीपक खनाललको इजलासले कैद सजायसँगै पीडिते पाउने

सिङ्गो गाउँपालिकाका वडाहरू सचिवविहीन, सेवाग्राहीका काम प्रभावित

नेपाल सरकारले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार ०७५ माघ २७ गते कर्मचारी समायोजन सम्पन्न ग¥यो । सोही ऐनको परिच्छेद १३ मा कर्मचारी हाजिर हुनुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार

दुर्गममा स्वास्थ्य सेवाको अवस्था दयनीय, ६० प्रतिशत गर्भवती घरमै सुत्केरी हुन्छन्

हिउँदको बिहानी । कठ्याङ्ग्रिदो जाडो । घर नजिकै गाईगोठ । गाईको घाँटीमा बाँधिएको घण्टीको आवाज । ५८ वर्षीय सिंहराज गुरुङ दुहुना गाईका लागि घाँस खोले तयार गर्दै हुनुहुन्छ । आँगन

अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सेवामा विभेद गरेको गुनासो

अपाङ्गता भएका व्यक्तिले सार्वजनिक निकायले प्रवाह गर्ने सेवामा आफूहरूलाई विभेद गरेको गुनासो गरेका छन् । यातायात, होटल, पसल र बैङ्क तथा वित्तीय संस्थाहरूमा सेवा लिने क्रममा अपाङ्गता भएका कारण विभेद

अपाङ्गता भएका व्यक्तिलाई घरभित्र मात्रै सीमित राख्न हुदैनः मन्त्री पुन

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले अपाङ्गता भएका व्यक्तिहरूलाई घरभित्र राख्ने नभइ रोजगारीसँग जोड्नुपर्ने अबको आवश्यकता रहेको बताउनुभएको छ । ‘हिजो भन्दा धेरै काम भएका छन् र पनि पर्याप्त

पाँच महिनासम्म पनि राहत पाएनन् बाढी पीडितले

बाढीले विनाश गरेको पाँच महिना बितिसक्दा पनि कुनै पक्षबाट सहयोग नपाउँदा मुड्केचुला गाउँपालिका–१ कौशिलाखोलाका बाढी पीडितहरू यतिबेला समस्यामा छन् । स्थानीय तथा कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने भनिएको राहत नपाएपछि

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । गत वर्ष सातै प्रदेश तथा केन्द्रमा यस विषयमा गोष्ठी, अन्तरक्रिया र सम्मेलन समेत गरी तीनै तहका सरकार, अन्तर्राष्ट्रिय