INSEC Online

📅 २०८३ जेष्ठ २१

लघुवित्तको कार्यालयमा बम विष्फोट

पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा मङ्सिर १७ गते  अज्ञात पक्षले बम विष्फोट गराएको छ ।

बिस्फोट भएको लघुवित्तको कार्यालय परिसरमा स्टिलका भाँडाका टुक्रा, कागजका टुक्रा र लामो तार भेटिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी  नरेन्द्रसिंह चन्दले बताउनु भयो । घटनास्थलमा नेपाल कम्युनिष्ट पार्टी, थारूवान जनपरिषद समिति कञ्चनपुरको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

मानसिंह थारूले हस्ताक्षर गरेको पर्चामा वित्तीय संस्थाहरूले महङ्गो व्याज लिने गरेको र दुर्व्यवहार गर्ने गरेका कारण यस्ता कार्य नर्गन चेतावनी दिएको उल्लेख गरिएको छ ।

अन्य

भिडियो