रुपनी गाउँपालिका–३ कटैयाका ७० वर्षीया मगनीदेवी माझीलाई ४० वर्षीय कान्छो छोरा धर्मदेव माझीले मङ्सिर १७ गते राति कुटपिट गरेको पीडितले आरोप लगाउनुभएको छ ।
कुटपिटबाट घाइते पीडितको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
पीडितका ७५ वर्षीय पति लछु मण्डलको दुर्घटनामा परी भाँचिएको गोडाको उपचार गर्न धेरै खर्च गरेको भन्दै आरोपित र उनकी ३५ वर्षीया पत्नी सीताकुमारी खडगाले लात, मुक्काले छाति र शरीरको विभिन्न अङ्गमा कुटपिट गरेको पीडितले बताउनु भयो ।
अस्पतालमा उपचाररत पीडितले प्रहरी चौकी पत्थरगाढामा मङ्सिर १७ गते उजुरी दिनु भएको पीडितकी छोरी श्यामकुमारी इशरले जानकारी दिनुभएको छ ।
इन्सेक सप्तरीको सिफारिशमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले पीडितको उपचार र घाउ जाँच परीक्षण सुरू गरिएको छ ।