INSEC Online

📅 २०८३ असार १३

समाचार

प्रदेश नं. २ मा ७ सय ३० जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित

सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट प्रदेश नं. २ मा ७ सय ३० जना पीडित हुनु भएको इन्सेक प्रदेश २ ले तथ्याङ्क सार्वजनिक गरेको छ ।  

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० ललितपुरमा आयोजित एक कार्यक्रममा विमोचन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० फागुन ७ गते ललितपुरमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार

गोली प्रहार गरी फरार आरोपित गिरफ्तार

विगतमा तराई जनतान्त्रिक मुक्ति मोर्चाका ईन्चार्ज भई कर्तव्यज्यान लगायतका दर्जनौं अपराधमा संलग्न रही फरार रहेको आरोपमा मौलापुर नपा—८ सोनरनियाका अभय सिंह भन्ने कामेश्वर पटेल कुर्मीलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेश ५ मा १६ सय जना भन्दा बढी पीडित

सन् २०१९ मा  मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेश ५ मा १६ सय ३ जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  नेपालगञ्जद्वारा

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट बागमती प्रदेशमा १ हजार ४ सय ९४ जना पीडित

बागमती प्रदेशमा सन् २०१९ मा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पीडित भएका छन् । जसमा राज्यपक्षबाट १४ जना महिला सहित २

गण्डकी प्रदेशमा ६ सय ७९ जना मानव अधिकार उल्लंघन र ज्यादतीबाट पीडित

गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २ सय ५ जना र गैरराज्य पक्षबाट ४ सय ७४ गरी ६ सय ७९ जना व्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित

प्रदेश एकमा मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटना बढे

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा प्रदेश १,मा गत वर्षको तुलनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको छ

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ सय ९८ जना पीडित

सन् २०१९ मा सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ सय ९८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,

मानव अधिकार उल्लङ्घनका घटनाबाट कर्णालीका ४ सय ८६ जना पीडित

एक वर्षका अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट कर्णाली प्रदेशका ४ सय ८६ जना पीडित भएको इन्सेकले तथ्याङ्क सार्वजनिक गरेको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले फागुन ७

द्वन्द्वकालीन घटनाका उजुरीहरूको अनुसन्धान सुरु

वेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले द्वन्द्वकालीन घटनाका उजुरीहरूको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ । फागुन ६ गते काठमाडौँमा पत्रकारहरूसँग छलफल गर्दै आयोगले दर्ता भएका २ हजार ५

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

सान्नित्रिवेणी गाउँपालिका–२ का २१ वर्षीया चना विकलाई कुटपिट गरी घरनिकाला गरेको आरोपमा २२ वर्षीय पति अर्जुन टमटालाई प्रहरीले फागुन ७ गते गिरफ्तार गरेको छ । छोरा नजन्माएको आरोपमा पति र

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता सल्यान जिल्ला डार्मा गाउँपालिका— २ की ४८ वर्षीया बन्दु चन्दलाई प्रहरीले फागुन ७ गते जिल्ला कारागार,कैलालीको गेटबाट पुनः गिरफ्तार गरेको छ । जिल्ला

सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा झण्डै ७ हजार व्यक्ति पीडित

ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०१९ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजार ६ सय ४२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–२ ओयाक्जुङ्गका १९ वर्षीय उमेश जोगीलाई फागुन ६ गते गिरफ्तार गरेको छ । आरोपितले ०७६ असार ३ गते बलात्कार गरेको र आफू

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई माघ १६ गते बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—१४ फुलवारीका २२ वर्षीय महेश चौधरीलाई फागुन ६ गते प्रहरीले फुलवारीबाट गिरफ्तार गरेको छ । आफूलाई पटकपटक बलात्कार गरेको भन्दै

स्वास्थ्यकर्मीमाथि  दुर्व्यवहार गरेको पीडितको आरोप

दादुरा–रूबेला खोप अभियानको अनुगमनमा गएको अवस्थामा आफूमाथि कुटपिट तथा दुर्व्यवहार भएको स्वास्थ्यकर्मी ४८ वर्षीय सत्येन्द्रप्रसाद यादवले आरोप लगाउनु भएको छ । सिदिङ्गवा स्वास्थ्य चौकीबाट खोप अभियानको अनुगमनमा गाँउपालिका अध्यक्ष नरबहादुर

बलात्कार घटनाका आरोपितलाई प्रहरीद्वारा गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित चामुण्डाबिन्द्रासैनी नपा–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई प्रहरीले फागुन ७ गते घरबाट गिरफ्तार गरेको छ । महिनावारी भएको बेला सुत्ने गरेको बाख्राको खोर

बलात्कार कसुरमा ३७ वर्ष कैद फैसला

१७ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको फागुन ५ गतेको

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई होटलमा राखेर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले क्षिरेश्वरनाथ नपा–५ बस्ने ३५ वर्षीय सुशिल कुमार मण्डललाई फागुन ५ गते साँझ गिरफ्तार गरेको छ । लक्ष्मीनियाँ गाउँपालिका–४ सपही

बलात्कार कसुरमा सात वर्ष कैद फैसला

१८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नवलपरासी जिल्ला बर्दघाट–१ का ५० वर्षीय दुर्गा केसीलाई चितवन जिल्ला अदालतले ७ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ०७६